एक्सईभी ९ई र बीई ६ को प्याक टु भेरिएन्ट अव ७९ किलोवाट आवर ब्याट्री प्याकमा पनि

महिन्द्राले आफ्नो बोर्न इलेक्ट्रिक एसयुभीहरूको प्याक टु भेरियन्टमा ७९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसअघि यो भेरिएन्ट ५९ किलोवाट आवरको ब्याट्री प्याकमा मात्रै उपलब्ध थियो । यी ईभीको मूल्य क्रमश २३ लाख ५० हजार र २६ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।

सो नयाँ भेरियन्टमा महिन्द्राले रियर एक्सलमा माउन्ट गरिएको सिंगल मोटर दिएको छ । यसले २८२ बिएचपी पावर र ३८० एनएम टर्क जेनेरेट गर्दछ । १७५ किलोवाटको चार्जरले २० मिनेटमै २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यस भेरिएन्टले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

प्याक टु भेरियन्टमा १६ स्पीकर हर्मन कार्डन साउन्ड सिस्टम डल्बी एटमस, फुल ग्लान रुफ र लेभल २ एडास लागयत फिचर दिइएको छ ।

एक्सईभी ९ईको यस नयाँ भेरिएन्टमा ट्रिपल–स्क्रिन लेआउट पाउन सकिन्छ भने बीई ६ मा डिजिटल ककपिट राखिएको छ । प्याक थ्री भेरियन्टको उही सेज लेदरेट इन्टेरियर अब बीई ६ प्याक टुमा समेत उपलब्ध हुनेछ ।

यी दुबै ईभीको प्याक टु ७९ किलोवाट भेरियन्टको डेलिभरी यसै महिनाको अन्त्यदेखी सुरु हुने जनाइएको छ । महिन्द्राका यी दूई ईभी नेपाली बजारमा समेत लन्च हुने प्रतिक्षामा छन् ।

सम्बन्धित समाचारहरू

महिन्द्रा मराजो बन्द नहुने, अटोमेटिक भेरिएन्टमा लन्च हुने

महिन्द्रा मराजो बन्द नहुने, अटोमेटिक भेरिएन्टमा लन्च हुने

हालै महिन्द्राको प्रमुख एमपीभी महिन्द्रा मराजो बन्द हुने हल्ला चलेको थियो...

महिन्द्रा थार अव १५०० सिसी डिजेल इन्जिनमा पनि, जनवरीवाट बिक्री शुरु हुने

महिन्द्रा थार अव १५०० सिसी डिजेल इन्जिनमा पनि, जनवरीवाट बिक्री शुरु हुने

महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी थारलाई नयाँ पावर ट्रेनमा उतार्ने...

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

शनिबार महिन्द्रा एक्सयूभी ७०० लन्च हुने, नयाँ लोगोयुक्त एसयूभीमा हुनेछन् सुरक्षात्मक र अन्य फिचर

महिन्द्राले अल न्यु एक्स्यूभी ७०० भोलि अर्थात अगस्त १४ मा लन्च गर्ने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...