भारतमा संघीय बजेट २०२६ प्रस्तुत, भारतीय अटो र नेपालका लागि खुसीका खबर
भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आइतबार फेब्रुअरी १ मा प्रस्तुत...
भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको छ। सो मोटरसाइकलको प्रमुख विशेषता भनेको यसमा गियरबक्सको उपलब्धता हो, जुन हालसम्म कुनै पनि इलेक्ट्रिक मोटरसाइकलमा देखिएको थिएन।
म्याटर एरामा ५ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटक चार्ज गर्दा १७२ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति मात्र २.८ सेकेन्डमा प्राप्त गर्न सक्छ। यसमा लिक्विड-कुल्ड पावरट्रेन राखिएको छ जसले इन्जिनलाई अत्यधिक तापबाट जोगाउँछ। बाइकमा ४ स्पिड म्यानुअल ट्रान्समिसनसहितको ‘हाइपरशिफ्ट’ नाम दिइएको गियरबक्स सिस्टम समावेश गरिएको छ। यसमा तीनवटा राइडिङ मोड उपलब्ध छ ।
म्याटर एरा पूर्ण रूपमा भारतमै निर्माण गरिएको बाइक हो, जुन अत्यन्तै स्पोर्टी र स्टाइलिश देखिन्छ। यसमा एलईडी लाइट, अगाडि र पछाडि आकर्षक लुक, आरामदायक सिट र उत्कृष्ट एर्गोनोमिक डिजाइन दिइएको छ। बाइकमा ७ इन्चको स्मार्ट टचस्क्रिन ड्यासबोर्ड छ । म्याटरभर्स एपको माध्यमबाट बाइकको राइड डेटा हेर्न, लक र अनलक गर्न सकिने सुविधा पनि छ। साथै, यसमा एबीएस ब्रेकिङ सिस्टम, ड्युअल सस्पेन्सन र स्मार्ट पार्क असिस्ट जस्ता प्रविधि पनि उपलब्ध छ ।
दिल्लीमा म्याटर एराको सुरुवाती एक्स-शोरूम मूल्य १ लाख ९३ हजार ८२६ भारु तोकिएको छ । कम्पनीका संस्थापक अरुण प्रताप सिंहका अनुसार म्याटर एरा केवल एउटा इलेक्ट्रिक बाइक होइन, यो २२ औं शताब्दीको आधुनिक मोटरसाइकल हो जसले इलेक्ट्रिक सवारी साधनको परिभाषा नै परिवर्तन गर्नेछ।
भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आइतबार फेब्रुअरी १ मा प्रस्तुत...
गण्डकी र सुदूरपश्चिम सरकारले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।...
जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...