सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

काठमाडौं – सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आफ्नो “ह्याचब्याकको दाममा एसयूभी अभियान अन्तर्गत आकर्षक मूल्य घटाएको घोषणा गरेको छ। पहिले ३६ लाख ५० हजारमा उपलब्ध रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयूभी अब मात्र २९ लाख ९९ हजारमा उपलब्ध हुनेछ, जसले ह्याचब्याकको मूल्यमा एसयूभीको अनुभव प्रदान गर्छ।

“ह्याचब्याक को दाममा एसयूभी” अफर अन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन्। भारतमा निर्मित सिट्रोन सी३ पेट्रोलमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ओआरभीएमएस र शक्तिशाली १२०० सीसी इन्जिन जस्ता प्रिमियम फिचरहरू रहेका छन्, जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान विकल्प बनाएको छ। साथै, यसका स्पेयर पार्टहरू सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको अनुभव झन्झटरहित हुने कम्पनीको दावी छ ।

साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक श्री हेमन्त गोल्छाले भने,, “साङ्ग्रिला मोटर्समा हामी विश्वव्यापी रूपमा प्रशंसित गाडीहरू हाम्रा ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौं। सिट्रोन सी३ को यो नयाँ मूल्यको साथ, हामी सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राख्छौं।।”

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। साङ्ग्रिला मोटर्सले नेपाली बजारमा नवीन र दिगो मोबिलिटी समाधानहरू उपलब्ध गराउने आफ्नो दृष्टिकोणलाई निरन्तर अघि बढाइरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने

सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...

सिट्रोन सी३ एयरक्रस अपडेट सहित लन्च, डेलिभरी अक्टोबर ८ देखि सुरु हुने

सिट्रोन सी३ एयरक्रस अपडेट सहित लन्च, डेलिभरी अक्टोबर ८ देखि सुरु हुने

सिट्रोनले भारतीय बजारमा सी३ एयरक्रस अपडेट सहित लन्च गरेको छ । अपडेट गरिएको...

सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक

सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक

सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...