७.७ डिल्स लाइक नेभर बिफोर स्किम, गाडी साट्दा थाइल्यान्ड भ्रमण देखि आइफोन १६ सम्मको अफर

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले डिल्स लाइक नेभर बिफोर विशेष कार्यक्रम ल्याएको छ ।

असार १९ देखि सुरु भई २३ गते अर्थात जुलाई ३ देखि ७ सम्म चल्ने सो कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका प्यासेन्जर श्रेणी अन्तर्गत नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी र कर्भ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने छ ।

‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रम अन्तर्गत ग्राहकहरुलाई लक्षितगर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण उपलब्ध हुनेछ । यसका साथै ग्राहकले एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर (एभीटी), एसेसरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र इम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा ग्राहकहरुले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आइफोन १६ जित्ने अवसर समेत पाउनेछन् ।

पाँच दिन सम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका आधिकारिक शोरूमहरूमा कार्यक्रम संचालनमा हुनेछ ।

सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ ‘७.७ डिल्स लाइक नेभर बिफोर’ लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

दशैंमा टाटाका ७५१ गाडी डेलिभरी भयो नेपालमा

यो दशैंमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी...

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

पेट्रोल डिजेल भर्सनको टाटा नेक्सनमा अब प्यानोरामिक सनरुफ

पेट्रोल डिजेल भर्सनको टाटा नेक्सनमा अब प्यानोरामिक सनरुफ

टाटा मोटर्सले आफ्नो सबैभन्दा लोकप्रिय कार टाटा नेक्सनको पेट्रोल र डिजेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...