बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर –याली शनिवार साँझ बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको छ ।

आशिष भारती र वर्षा बस्नेतले बागमती अटो जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन् । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए भने महिलातर्फ विपाश्ना तामाङले वर्षा बस्नेतलाई पछ्याइन् ।

टीडीएस –यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडीले उपाधि हासिल गरे भने विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पुजा पाख्रिन र नविन लामा तेस्रो स्थानमा रहे ।

पुरुषतर्फ १७ र महिलातर्फ ६ गरी कूल २३ ड्राइभरले अटो जिमखानामा प्रतिस्पर्धा गरेका थिए । जसमा पुरुषतर्फ क्वालिफाइङ राउण्डपछि शीर्ष ८ ड्राइभर फाइनल चरणमा पुगेका थिए । महिलातर्फ भने ६ जना ड्राइभर नै प्रारम्भिक चरणपछि फाइनल चरणमा पुगेका थिए ।

क्वालिफाइङ चरणमा पनि शीर्ष स्थानमा रहेका आशिषले अन्तिम चरणमा पनि उत्कृष्ट लय कायम राख्दै अन्य ड्राइभर भन्दा उत्कृष्ट समय निकाल्दै उपाधि जिते । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए ।

यस्तै महिलातर्फ प्रारम्भिक चरणमा विपाश्ना तामाङ शीर्ष स्थानमा रहेकी थिइन् तर अन्तिम चरणमा वर्षाले उत्कृष्ट समय निकाल्दै बाजी मारिन् र बेस्ट फिमेल ड्राइभर अवार्ड प्राप्त गरिन् ।

अटो जिमखानाका पुरुषतर्फ विजेता आशिषले नगद १ लाख, दोस्रो राजकुमारले ५० हजार प्राप्त गरे । महिलातर्फ बेष्ट फिमेल ड्राइभर अवार्ड सहित वर्षाले नगद ५० हजार प्राप्त गरिन् । सबै विजेताहरुले सर्टिफिकेट, सिल्ड र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै, अटो जिमखाना च्याम्पियनसिप अघि सम्पन्न टीडीएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर –यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडी पहिलो, विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पुजा पाख्रिन र नविना लामाले तेस्रो स्थान प्राप्त गरे । टीडीएस –यालीका सबै विजेताहरूलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल एसोसिएसनका सचिव महेश अधिकारी र सन्तोष न्यौपाने, कोषाध्यक्ष मणि नेपाल, सह–कोषाध्यक्ष कमला क्षेत्री, बागमति अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र पचाछे र सचिव यज्ञप्रसाद पौडेल तथा मोटोभर्स स्पोट्र्स क्लबका अध्यक्ष आशिष रौनियार र जियोन ओभरल्याण्डका संचालक जियोन लगायतले पुरस्कृत गरे ।

अटो जिमखनामा प्रतिस्पर्धा हुनुअघि टीडीएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर –याली सम्पन्न भएको थियो । –याली ललितपुरस्थित रोयल टुलिप, ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा पुगेर सम्पन्न भएको थियो ।

–यालीको औपचारिक शुभारम्भ ग्वार्कोस्थित रोयल टुलिप काठमाडौँबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने तथा कोशी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रकाश कपुरीले संयुक्त रूपमा गरेका थिए ।

अटो जिमखाना कम्पिटिसन र टीडीएस –यालीमा गरी ३२ गाडीसहित कुल ६१ जना खेलाडी (ड्राइभर्स) को सहभागिता थियो । जहाँ २५ जना दक्ष मार्शलहरूको टोली परिचालन गरिएको थियो । –याली तथा जिमखाना दुवै इभेन्ट नासा नेपाल ट्रेनिङ्ग एण्ड मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने नेतृत्वको मार्शल टिमले सञ्चालन गरेको थियो भने स्पोट्र्स एण्ड इभेन्ट अफिसर अंकित भण्डारीले स्वागत र सञ्चालन गरेका थिए ।

अटो जिमखानाका विजेताहरुले यस वर्ष श्रीलंका, ताइवान तथा भारतमा हुने एसिया अटो जिमखाना च्याम्पियनसिपहरुमा खेल्ने अवसर पाउनेछन् । विजेताले प्राप्त गरेको रकम एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको प्याकेजको लागि प्रयोग गरिने यसअघि नै जानकारी गराइसकेको छ ।

कार्यक्रममा गत वर्ष थाइल्याण्डको बैंककमा भएको एसियन कप अफ सर्किट रेसिङ च्याम्पियनसिपमा सहभागि नितिका गजुरेललाई कोशी प्रदेश खेलकुद विकास बोर्ड तथा कोशी अटोमोबाइल्स एसोसिएसनको तर्फबाट प्राप्त नगद ५० हजारको चेक हस्तानतरण गरियो ।

महिला सशक्तिकरण, ड्राइभ टुरिजम र एडभेञ्चर स्पोर्ट्सको संयोजन रहेको यस च्याम्पियनसिपलाई बागमती प्रदेश खेलकुद विकास परिषदले आर्थिक सहयोग गरेको थियो भने नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

काठमाडौं – ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ...

राउन्ड टु रोड रेसिङ च्याम्पियनसिप चितवनमा सम्पन्न, यी राइडर बने विजेता

राउन्ड टु रोड रेसिङ च्याम्पियनसिप चितवनमा सम्पन्न, यी राइडर बने विजेता

चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड...

मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटि शीर्षकमा वेबिनार सम्पन्न

मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटि शीर्षकमा वेबिनार सम्पन्न

काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...