ग्वार्को ओभरपास प्रयोग गर्दा र तस्बिर, भिडियो लिदा यसरी अपनाऔं सावधानी

गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुदघाटन भई सञ्चालनमा रहेको ग्वार्को ओभरपास नेपालको पहिलो ओभरपास भएको हुँदा भिडियो, तस्बिर, रिल्स वा टिकटक बनाउनेको भिड लाग्नु नौलो होइन ।

यहाँ पैदलयात्री, साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री सबैको भिड लागेको पाइन्छ । सबैले ओभर पासको साइड वा बिचमा उभिएर वा बसेर वा पोज दिएर भिडियोे र तस्बिर लिइरहेका हुन्छन्, जुन जोखिमपूर्ण छ ।

गुडेका सवारीले भिडियो वा तस्बिर लिने ब्यक्तिहरुलाई ठक्कर दिएर घाइते बनाउने वा मृत्यु समेत गराउने जोखिम छ । साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्रीले आफ्नो सबारी ओभरपासको साइडमा सवारी पार्किङ गरी भिडियोे र तस्बिर लिइरहेका हुन्छन् । यसले गुड्ने सवारीलाई पनि समस्या परेको हुन्छ भने, पार्किङ गरेका सवारीमा गुडेका सवारी ठोक्किने जोखिम पनि उत्तिकै छ ।

त्यसैले सुरक्षाका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक भएको ट्राफिक इन्जिनियर आशीष गजुरेलको भनाइ छ ।

१. पैदलयात्रीले साइडमा सतर्क भएर भिडियो र तस्बिर लिने र जति सक्दो चाँडो ओभरपासबाट निस्कने ।

२. साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री आफ्नो सवारी अन्तै सुरक्षित पार्किङ गरी ओभर पासमा भिडियो र तस्बिर खिच्न आउने ।

३. साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्रीले आफ्नो सवारी ओभर पासमा पार्किङ नगर्ने ।

४. ग्वार्को चोकको सडकको क्षमता ओभर पासले वृद्धि भएको हुँदा, सवारी चालकले तीव्र गतिमा सबारी चलाउने सम्भावना धेरै हुँदा, भिडियो र तस्बिर लिने मानिस सतर्क हुनु पर्छ ।

५. साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री आफ्नो सवारी ओभर पासमा पार्किङ गर्दा, गुडिरहेका सवारीले ठक्कर दिने सम्भावना ज्यादा हुन्छ ।

६. चक्रपथको गति ५० किलोमिटर प्रतिघण्टा सीमित गरिएको हुँदा, चालकले खाली ओभरपास देखेर सबारी तीव्र गतिमा गुडाउनु हुन्न ।

७. ओभरपासले गर्दा चालकले सवारी तीव्र गतिमा गुडाउने सम्भावना हुँदा, ट्राफिक प्रहरीले जनचेतना र कारबाहीलाई प्रभावकारी बनाउनु पर्छ ।

८. ओभर पास प्रयोगकर्ताले पूर्ण ट्राफिक नियम पालना गरौ, नत्र ओभरपासले यातायात सहज भन्दा मानिसको ज्यान लिने खतरा हुन्छ ।

९. ट्राफिक प्रहरीले केही दिन थप सतर्कता र नियमन गर्नु अत्यन्त जरुरी छ ।

सम्बन्धित समाचारहरू

पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...

सडकमा गुड्दै गर्दा यस्ता कुरामा ध्यान दिऔं

सडकमा गुड्दै गर्दा यस्ता कुरामा ध्यान दिऔं

सडकको दुरावस्था, अपर्याप्त सडक फर्निचर र ट्राफिक नियमको बेवास्ताका कारण...

स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

सडक केवल गन्तव्यमा पुग्ने मार्ग मात्र होइन, हजारौँ मानिसका सपना, आशा र जीवन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...