२३ दिनमै ८ उच्च र कठोर अफरोड भूभाग पार गरेकाे पिकअप फाेटाेन जी७ अब नेपालमा

काठमाडौं – नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

यसअघि नै टुनल्यान्ड जी७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफरोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो ।

साे भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेसनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटाेन इन्टरनेसनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेस नल प्यासेन्जर भेइकल बिजनेसका सिनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियाे झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा साे गाडी सार्वजनिक गरे ।

सार्वजनिक कार्यक्रममा बोल्दै विवेक सिकारियाले भने, “नेपालका आफ्नै चुनौतीहरू हुँदाहुँदै पनि हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्‍यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ। पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्।” उनले थप जोड दिँदै भने, “आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा हामीले कुनै कसर बाँकी राखेका छैनौं। रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म, जी७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २० प्रतिशत कम छ।”

कार्यक्रमपछि टुनल्यान्ड जी७ पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो।
फोटोन टुनल्यान्ड जी७ : बिल्ट फर हिमालय
चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनको गौरवशाली इतिहास रहेको छ र आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको छ। टुनल्यान्ड जी७ त्यही इनोभेसनको सजीव प्रमाण हो।

यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो। १६० एचपी पावर र ३९० एनएम टर्कसहित जी७ ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ। २२५ एमएमकाे उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ। हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी औंलामै राखिएको छ।

तर, बलियो प्रदर्शन मात्र होइन, यो गाडीमा आराम पनि कम छैन। भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ। तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् जसले चालक र यात्रुलाई मौसमअनुकूल आरामदायी अनुभव दिन्छ। प्यानोरामिक सनरूफले आकाशलाई नजिक ल्याउँछ, जसले शक्तिशाली गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउँछ। साथै, अटोमेटिक एयर कन्डिसनिङले जस्तोसुकै मौसममा पनि यात्रालाई सहज बनाउँछ।

कम्पनीले भनेकाे छ - याे गाडी केवल नेपालको अटो बजारमा अर्को सवारी थपिएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो। यो नयाँ पुस्ताको पिकअप गाडी घाम उदाएसँगै उठेर हिमालका उचाइहरूलाई साहस र सौम्यतासाथ पार गर्ने नेपालीहरूको परिश्रमी भावनाको उत्सव हो।

चाहे भरपर्दो र शक्तिशाली सवारीको आवश्यकता भएका साना व्यवसायी हुन् वा विकेन्डमा पहाडमा घुम्ने सपना देख्ने परिवार हुन्, टुनल्यान्ड जी७ सबैको आवश्यकता पुरा गर्न सक्षम छ। कठोर अफराेड परिस्थितिमा १५ हजार किलोमिटरको परीक्षणपछि र विश्वकै पहिलो पिकअपको रूपमा २३ दिनमै आठवटा सबैभन्दा चुनौतीपूर्ण ट्रेलहरू पार गरी, जी७ आफूलाई सहनशीलता र क्षमताको प्रतीकको रूपमा प्रमाणित गरेको छ।

फोटोन टुनल्यान्ड जी७ तीन भेरिएन्टमा उपलब्ध हुनेछ । यसकाे सुरुवाती मूल्य एलिटका लागि ५१ लाख ९९ हजार, लक्जरीका लागि ६५ लाख ४० हजार र फ्ल्यागशिप मोडलका लागि ६९ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।

टुनल्यान्ड जी७ २.० लिटर डिजेल फाेर बाई टु एमटी कम्फर्ट र २.० लिटर डिजेल फाेर बाई फाेर कम्फर्ट गरि दुई अप्सनमा उपलब्ध छ । दुवैमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २.० लिटर डिजेल इन्जिन छ। यसका मुख्य फिचरहरूमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सामेल छन्। टुनल्यान्ड जी७ ले बलियो प्रदर्शन र परिष्कृत डिजाइनलाई संयोजन गर्दै चुनौतिपूर्ण अफरोड र आरामदायी शहरी यात्रा दुवैमा उपयुक्त अनुभव दिन्छ।

सम्बन्धित समाचारहरू

एमएडब्लु समूहविरुद्धका सम्पूर्ण आरोप तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण भएको दाबी

एमएडब्लु समूहविरुद्धका सम्पूर्ण आरोप तथ्यहीन, भ्रामक र दुर्भावनापूर्ण भएको दाबी

काठमाडौं – गत बैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

इटहरीमा फोटोनको नयाँ शोरुम

इटहरीमा फोटोनको नयाँ शोरुम

काठमाडौं – फोटोन मोटर्स नेपालले इटहरीमा आफ्नो नयाँ शोरूम विस्तार गरेको छ...

फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव

फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव

काठमाडौं – विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...