२ वर्षमा १० लाख युनिट बीवाईडी सिगल बिक्री, नेपालमा प्रतीक्षा गरिँदै

बीवाईडीको सर्बाधिक सफल मोडल सिगल ईभी २ वर्षमै १० लाख युनिट बिक्री भएको छ । सन् २०२३ को मे महिनादेखी चीनमा बिक्री सुरु भएको ह्याचब्याक कारले २ वर्षको छोटो अवधिमै यस्तो उपलब्ध हाँसिल गरेको हो ।

सो नयाँ कार लन्च हुँदा सुरुवाती मूल्य १० हजार २७० डलर निर्धारण गरिएकोमा हाल घटेर ८ हजार ८०० डलर पुगेको छ । मूल्य घटेपछि कारको बिक्रीले झनै गति लिएको कम्पनीको भनाई छ ।

बीवाइडीले आफ्नो विद्युतिय ह्याचब्याक कार सिगललाई केहि समयअघि अपडेट गरेर २०२५ मोडल ल्याएको थियो ।

बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको सिगलमा लेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट, १०.१ इन्चको रेटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।

३ वटा भेरिएन्टमा उपलब्ध सो ईभी ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

सिगल नेपाली बजासमा समेत निकै प्रतीक्षा गरिएको ह्याचब्याक कार हो । सस्तो मूल्यमा आउने अपेक्षा सहित अहिले पनि धेरै नेपाली ईभी पारखीले यसलाई प्रतिक्षा गर्दै आएका छन् । वहुप्रतिक्षित भएपनि यो कार नेपाल ल्याउने विषयमा आधिकारिक वितरक साइमेक्स इंकले हालसम्म कुनै जानकारी बाहिर ल्याएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...