२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै
भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी...
काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । किटोन ईभीको नेपालका लागि आधिकारिक वितरक शशिला मोटर्सले बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरेको हो ।
१४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र होइन, बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।
काँक्रेविहार यातायातका अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण किटोन ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए । उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए। सापकोटाले सन्तोष खतिवडा प्रतिको विश्वास आगामी दिनहरूमा अझ बलियो बन्ने अपेक्षा पनि व्यक्त गरे ।
कार्यक्रममा यातायात व्यवसायी, प्राविधिकहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी...
टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...
विश्वभर इलेक्ट्रिक कारको चलन सुरु भइसकेको छ । साथै भारतलगायत नेपालमा पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...