नेपथ्यको कन्सर्टमा टीभीएस एनटर्क १५० अनावरण
काठमाडौं–जगदम्बा मोटर्सले नयाँ स्कुटर टीभीएस एनटर्क १५० नेपालमा अनावरण...
टीभीएस मोटर कम्पनीले आफ्नो चर्चित मोटरसाइकल अपाचेको २० औं वर्षगाँठको अवसरमा नयाँ संस्करण अपाचे आरटीआर २०० ४भी लन्च गरेको छ। सो मोटरसाइकल अत्याधुनिक प्रविधि र आकर्षक लुकसहित बजारमा आएको हो ।
नयाँ संस्करणमा पहिलेको जस्तै २०० सीसी इन्जिन राखिएको छ, जसले २०.८ पीएस पावर र १७.२५ एनएम टर्क उत्पादन गर्छ। यसमा ३७ एमएम यूएसडी फ्रन्ट सस्पेन्सन र हाइड्रोफर्म्ड ह्यान्डलबार जडान गरिएको छ, जसले तीव्र गतिमा समेत सवारीलाई सन्तुलित र स्थिर बनाउँछ।
बाइकमा नयाँ ग्राफिक्स, रेड अलोय ह्विल र तीन आकर्षक रङ विकल्प उपलब्ध छ । यसको एक्सटेरियर लुक अझै बोल्ड र आक्रामक देखिन्छ।
अपाचे आरटीआर २०० ४भी परफर्मेन्सका साथै प्रविधिमा पनि नयाँ उचाइ छोएको छ। यसमा ड्युअल च्यानल एबीएस, तीन राइडिङ मोड, स्लिपर क्लच, एडजस्टेबल ब्रेक र क्लच लिभर, ब्लुटुथ र भ्वाइस असिस्ट सहित स्मार्टकनेक्ट प्रविधि र पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर समावेश छ ।
अपाचे सिरिजको सुरुआत सन् २००५ मा भएको थियो र अहिले सम्म ६० लाखभन्दा बढी बाइक बिक्री भइसकेको छ । कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्बलीका अनुसार, अपाचे केवल एक बाइक होइन, यो एउटा यस्तो आन्दोलन हो जसले विश्वभरका युवा र गति प्रेमीलाई प्रेरणा दिँदै आएको छ।
२०२५ संस्करणले सन् २०१६ मा लन्च गरिएको आरटीआर २०० ४भीको शैली र प्रविधिका साथ अगाडि बढाएको छ। सो बाइकको मूल्य १ लाख ५३ हजार ९९० भारु तोकिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...