एक वर्षमै ३ लाख युनिट टीभीएस आईक्युब बिक्री, नेपालमा चर्चा कमाउँदै

टीभीएसले गत वर्ष भारतमा ३ लाख युनिट भन्दा बढी आईक्युब स्कुटर बिक्री गरेको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार टीभीएसको सो इलेक्ट्रिक स्कुटर हालसम्म ६ लाख २६ हजार २९७ युनिट बिक्री भएको छ ।

टीभीएस आइक्युबको पहिलो १ लाख युनिट बिक्री हुन ३ वर्षभन्दा बढी समय लागेकोमा अर्को १ लाख युनिट भने केवल १० महिनामै बिक्री भएको थियो । मे २०२४ को सुरुवाती महिनामा आफ्नो बिक्री कुल ३ लाख युनिट पु-याएको कम्पनीले त्यसपछिको १ वर्षमा ३ लाखभन्दा बढि युनिट बिक्री गरेको हो ।

आर्थिक वर्ष २०२५ मा ब्रान्डको समग्र स्कुटर बिक्रीमा आईक्युबले आफ्नो बजार हिस्सा २६ प्रतिशत पु-याएको थियो । जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

आईक्युब भारतीय बजारका लागि टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर हो । २०२० मा लन्च गरिएको आईक्युबले बजाज चेतक, ओला एस१ र एथर रिज्टासँग प्रतिस्पर्धा गरिरहेको छ ।

यस वर्ष टीभीएसले आईक्युबमा ठूलो ब्याट्री दिएर १ लाख रुपैयाँ भन्दा कम मूल्यमा २०२५ संस्करण लन्च गरेको छ । यो ई–स्कुटर तीन ब्याट्री २.२ किलोवाट आवर, ३.५ किलोवाट आवर र ५.३ किलोवाट आवर गरी कुल तीनवटा ब्याट्री अप्सनमा उपलब्ध छ । यसले एकपटकको फुल चार्जमा २१२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

आईक्युब नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्ट्रिक स्कुटर हो । जगदम्बा मोटर्सले बिक्री गर्दै आएको यस स्कुटर नेपाली बजारमा भने २.२ र ३.५ किलोवाट आवरको ब्याट्री प्याक सहित कुल ३ भेरिएन्टमा उपलब्ध छ । नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक स्कुटरको रुपमा चर्चा कमाउँदै गरेको यसको मूल्य ३ लाखदेखि ४ लाख ३० हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

जीतपुर सिमरामा टीभीएसको नयाँ शोरुम शुभारम्भ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टीभीएस...

नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

काठमाडौं – नेपाली बजारमा टीभीएस रेडर १२५ मोटरसाइकलको बुकिङ औपचारिक रुपमा...

नेपालमा बिक्री सुरु हुन नसकेको टीभीएस रोनिन अव स्पेसल एडिसनमा पनि

नेपालमा बिक्री सुरु हुन नसकेको टीभीएस रोनिन अव स्पेसल एडिसनमा पनि

टीभीएसले आफ्नो मोर्डन रेट्रो मोटरसाइकल रोनिनको स्पेसल एडिसन लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...