चिनियाँ ईभी बजार : प्रतिस्पर्धामा उत्रन नयाँ कारलाई नै सेकेन्ड ह्यान्डको मूल्यमा बिक्री गरिँदै

पछिल्लो समय चिनियाँ ईभी बजार निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । प्रतिस्पर्धा यति धेरै चर्किदो छ कि, ठूला र प्रतिष्ठित भनिने ईभी ब्रान्डले समेत घाटा खाएरै भएपनि भारी छुट दिन विवस छन् ।

चिनियाँ ईभी बजारको प्रतिस्पर्धा छुटमा मात्र सिमित नभएर हाल नयाँ कारलाई नै सेकेन्ड ह्यान्डका मूल्यमा बिक्री गर्न उत्पादक कम्पनी लागिपरेका छन् । ‘शून्य–माइलेज प्रयोग गरिएका कार’ समेत भने यस्ता सवारीसाधनलाई कौडीको भाउमा बिक्री गर्न अटो निर्माताविच प्रतिस्पर्धा चर्किन थालेपछि ग्रेटवाल मोटर्स जस्ता अटो उत्पादकले यस विषयमा आपत्ति जनाएका छन् ।

ग्रेट वाल मोटरका अध्यक्ष वेई जियानजुनले हालै यस प्रवृत्तिको बारेमा चिन्ता व्यक्त गरे । ‘हालैका वर्षहरूमा, केही उत्पादनको मूल्य १३ हजार ८०० डलरसम्मले घटेको छ । कस्तो प्रकारको औद्योगिक उत्पादनले गुणस्तरको ग्यारेन्टी गर्दा यति धेरै मूल्य घटाउन सक्छ ? हाम्रा चिनियाँ ब्रान्डहरू विदेशमा कसरी विकास हुने आशा गर्नुहुन्छ ?’ उनले चासो व्यक्त गरे ।

बिक्री बढाउने दबावका कारण यस्ता सवारी साधनहरू बेचिएको रूपमा दर्ता हुन्छन् र पछि प्रयोग गरिएका कारका रुपमा सस्तो मूल्यमै उपलब्ध हुन्छन् । यो मार्केटिङ मोडल अहिले चीनमा झांगिदै गएकाले तत्कालै हट्ने सम्भावना कम देखिएको छ ।

‘शून्य–माइलेज प्रयोग गरिएको कार’ प्रवृत्तिको पछाडि
चिनियाँ अटोमोटिभ बजार भित्रको तीव्र प्रतिस्पर्धालाई पुष्टि गर्दछ । आफ्नो बिक्री लक्ष्य पुरा गरी निर्माताबाट छुट प्राप्त गर्न डिलरहरुले यस्तो गरिरहेको एक रिपोर्टमा उल्लेख गरिएको छ । बिक्री कोटा पूरा गर्न तथा इन्भेन्टरी व्यवस्थापन गर्न निर्माताहरूले प्रायः नयाँ कारहरू दर्ता गर्न डिलरहरूलाई प्रोत्साहन गर्ने गरेका हुन् ।

कतिपय कार निर्माताहरूले तरलता समस्याहरू र कर्मचारीलाई तलव भुक्तानी गर्न समेत यो रणनीतिलाई अगाडि बढाइरहेका छन् । यसका लागि उनीहरुले घरेलु बजारका साथै अन्तराष्ट्रिय बजारमा समेत यस्ता कार निर्यात गरिरहेका छन् ।

चिनियाँ अटोमोटिभ बजारले हालका दिनमा तिव्र प्रतिस्पर्धाको अनुभव गरिरहेको छ । रिपोर्टका अनुसार, २०२४ मा २०० भन्दा बढी मोडेलहरू र २०२५ को पहिलो चार महिनामा ६० भन्दा बढी मोडेलहरूको मूल्य घटेको छ । मे महिनामा त झन एउटै मोडलमा ६ हजार ९०० डलरसम्म मूल्य कटौती गरी कार बिक्री थालिएको छ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले ल्याउन लागेको नयाँ कारमा विवाइडीको ब्लेड ब्याट्री प्रयोग हुने

मारुती सुजुकी र टोयोटाले निकट भबिष्यमा ल्याउने तयारी थालेको इलेक्ट्रिक...

नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण...

अब स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी

अब स्काईवेल एक्सचेन्ज अफर : अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी

काठमाडौं – देशभर इलेक्ट्रिक गाडीमा एक्सचेन्ज अफर चलिरहेको समयमा अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...