अल्ट्राभायोलेटको एफ७७ इलेक्ट्रिक बाइकले बनायो कीर्तिमान, अब युरोपमा पनि उपलब्ध हुने

भारतीय इलेक्ट्रिक सवारी साधन उद्योगको इतिहासमा एक नयाँ अध्याय थपिएको छ। बेंगलुरुस्थित स्टार्टअप कम्पनी अल्ट्राभायोलेट अटोमोटिभले आफ्नो उच्च-प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल एफ७७ युरोपका १० देशमा सफलतापूर्वक लन्च गरेर अन्तर्राष्ट्रिय बजारमा भारतको इन्जिनियरिङ क्षमतालाई प्रमाणित गरेको छ।

पेरिसको ऐतिहासिक आइफेल टावरमा गरिएको भव्य प्रस्तुति पछि एफ७७ अब जर्मनी, फ्रान्स, बेलायत, आयरल्याण्ड, अस्ट्रिया, इटाली, स्विट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड र लक्जमबर्गमा पनि उपलब्ध हुनेछ। सो देशमा एफ७७ म्याच टु र एफ७७ सुपरस्पोर्ट मोडल बिक्रीको लागि उपलब्ध हुनेछ ।

कम्पनीका सीईओ तथा सह-संस्थापक नारायण सुब्रमण्यमले सो उपलब्धिलाई भारतको अटोमोबाइल क्षेत्रमा गौरवको विषय भएको बताएका छन्। उनका अनुसार, भविष्यका डिजाइन र प्रविधिको संसारमा भारतले विश्वस्तरीय उपस्थिति जनाएको छ। कम्पनीका सीटीओ नीरज राजमोहनले पनि सो सफलतालाई भारतमा वर्षौंको लगन, अनुसन्धान र प्रविधिको परिणामको रूपमा वर्णन गरे।

एफ७७ बाइक ० देखि ६० किलोमिटर प्रतिघण्टा मात्र २.८ सेकेन्डमा पुग्न सक्छ। यसमा १०.३ किलोवाट आवर ब्याट्री रहेको छ, जसले ३० किलोवाट पावर उत्पन्न गर्छ। सो बाइकले १०० एनएमको टर्क जेनेरेट गर्छ र १५५ किलोमिटर प्रति घण्टाको उच्चतम गति प्रदान गर्छ ।

बाइकमा कम्पनीले विकास गरेको आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली भ्वाइलेट एआई, ड्युअल च्यानल एबीएस, १० लेवलको रिजनरेटिभ ब्रेकिङ, ४ लेवलको ट्रयाक्शन कन्ट्रोल र डाइनामिक स्टेबिलिटी कन्ट्रोल जस्ता सेफ्टी फिचर समावेश छ ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप...

मदनकृष्णलाई बीवाईडी एट्टो ३ हस्तान्तरण, काठमाडौं गुर्खाजको टाइटल स्पोन्सर बन्यो बीवाईडी

मदनकृष्णलाई बीवाईडी एट्टो ३ हस्तान्तरण, काठमाडौं गुर्खाजको टाइटल स्पोन्सर बन्यो बीवाईडी

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले लोकप्रिय...

भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार तिर्न नसकिएकाले चीनबाट ल्याइएका १८ विद्युतीय बस भारतमा बेच्ने तयारी

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...