सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्री घटेको सेरेसले अप्रिलमा पहिलो पटक बिक्री बढाएको छ भने गत वर्षको यही अवधिको तुलनामा १२.९९ प्रतिशत बढी सवारी बिक्री गरेको छ ।

चीनको टेक्नोलोजी जायन्ट हुवावेसँगको सहकार्यमा विभिन्न मोडल उत्पादन पश्चात सेरेसको न्यु इनर्जी भेइकल बजारमा तीव्र रुपमा चर्चा चुलिन थालेको बताइएको छ । यसको फ्ल्यागसिप मोडल एइटो एम९ मा भएको एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ टेक्नोलोजीले पहिले बीएमडब्लु, मर्सिडिज बेन्ज र आउडी जस्ता लक्जरी गाडी प्रयोग गरिरहेका व्यक्तिहरुलाई आकर्षित गरिरहेको छ । ५० हजार युआन अर्थात करिव ७० हजार डलर मूल्य पर्ने चीनको लक्जरी भेइकल सेल्स चार्टमा एम९ ले लगातार ११ महिना सम्म शीर्ष स्थान हासिल गरेको छ ।

यद्यपि सेरेसलाई २०२५ को पहिलो क्वाटरमा भने धक्का लाग्न गएको थियो । गत वर्षको तुलनामा प्रत्येक महिना बिक्री घट्दै जादा सेरेस समस्यामा देखिएको थियो । तर यसको मुख्य कारण भने विभिन्न मोडलको संक्रमणकालीन समय भएको विश्लेषकहरुले बताएका छन् । एइटो एम९ र एम८ जस्ता नयाँ मोडल प्रयोग गर्न उपभोक्ताहरुले केही ढिलाई गरे । २०२५ मोडलका यी गाडी आए पश्चात बिक्री बढ्दै गएको बताइएको छ ।

गत मार्च २० मा हुवावे र सेरेसले नयाँ अपग्रेडेड मोडलको रुपमा २०२५ एइटो एम९ लन्च गरेका थिए । यो भन्दा पहिले जनवरीमा १२ हजार भन्दा बढी युनिट बिक्री गरेको एम९ को बिक्री फेब्रुअरी र मार्चमा ५ हजार भन्दा बढी मात्र भएको थियो । तर अप्रिलमा भने एकै पटक बिक्री बढेर १३ हजार भन्दा बढी पुगेको छ ।

अप्रिल १६ मा लन्च गरिएको एम८ कम्पनीका लागि अर्को माइलस्टोन बन्ने भएको छ । लिडार र हार्मोनी ओएस लगायतका फिचर भएको एम८ ले एक महिना भन्दा कम अवधिमै ७० हजार प्रि–अर्डर पाइसकेको छ । ३ लाख ६० हजार र ४ लाख ५० हजार युआन बिच मूल्य पर्ने अनुमान गरिएको एम८ डेलिभरीको लागि प्रतीक्षारत छ ।

सन् २०२४ मा सेरेसले ४ लाख २६ हजार ८८५ न्यु इनर्जी भेइकल बिक्री गरेको थियो । सन् २०२५ को पहिलो क्वाटरमा खाएको धक्काका कारण यो वर्षको बिक्रीमा प्रभाव पर्ने सम्भावना छ । यद्यपि पछिल्लो समयमा बढेको यसको बिक्रीले भने पक्कै पनि सहयोग गर्न सक्छ ।

सम्बन्धित समाचारहरू

विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ

विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ

विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...

९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित  पुनरागमन हुने

९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित पुनरागमन हुने

मोटरसाइकल निर्माता कम्पनी एलएमएलको पुनरागमन हुने भएको छ । कम्पनीले चाँडै...

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...