चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नेपालमा मोटरस्पोर्ट्स, र्याली, टुरिङ, कार्ट्स, पावरबोटिङ र सिम रेसिङ लगायतका खेलकुद कार्यक्रम आयोजना गर्ने सबै सरोकारवालाहरूलाई वैधानिक प्रक्रियामार्फत सहकार्यका लागि आह्वान गरेको छ।
एसोसिएसनले खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ तथा अन्य प्रचलित कानूनको पालना गर्न गराउन जोड दिएको छ।
नासा नेपाल, राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रूपमा दर्ता भई अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम), अन्तर्राष्ट्रिय टुरिजम एलायन्स (एआईटी) तथा अन्तर्राष्ट्रिय पावरबोटिङ युनियन (यूआईएम) को नेपाल प्राधिकरणको रूपमा मान्यता प्राप्त संस्था हो। यसका साथै, संघ ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी, नेपाल चेम्बर अफ कमर्श, नेपाल–फ्रान्स चेम्बर अफ कमर्श र नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी जस्ता संस्थाहरूसँग पनि आबद्ध छ।
अध्यक्ष दशरथ रिसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “खेलकुद विकास ऐन, नियमावली र प्रदेशका खेलकुद विकास ऐन जस्ता कानूनी व्यवस्थाहरूले नेपाली खेलकुदलाई नीतिगत, कानूनी र व्यवस्थापकीय रूपमा परिचालन गरिरहेका छन्। यी व्यवस्थाहरूले खेलाडी, प्राविधिक र खेल संघहरूको पेशागत वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।”
विज्ञप्तिमा कानूनी व्यवस्थाको बर्खिलापमा भइरहेका अनधिकृत कार तथा मोटरसाइकल रेसिङ, र्यालिङ र टुरिङ जस्ता प्रतियोगिताहरूले गम्भीर चिन्ता बढाएको उल्लेख गरिएको छ। यस्ता गतिविधिहरूले विद्यमान कानूनको उल्लङ्घन मात्र नभई, संलग्न ड्राइभर, राइडर र प्राविधिकहरूको सुरक्षा, पेशागत हित र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागिता र खेलकुद तथा पर्यटनको दिगोपनाका लागि समेत चुनौती खडा गरेको नासा नेपालको भनाइ छ।
एसोसिएसनले व्यावसायिक स्वार्थ र निजी फाइदाका लागि खेलाडी र प्राविधिकको तालिम, गुणस्तर, सुरक्षा र खेलकुदको मूल्यमान्यतामा खेलवाड गर्दै हुने कुनै पनि गैरजिम्मेवार कार्य मान्य नहुने स्पष्ट पारेको छ।
“मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ, र्यालिङ तथा टुरिङ, कार्ट्स तथा पावरबोट र सिम रेसिङ जस्ता खेलकुद/इभेन्ट गर्न चाहने सम्पूर्णले खेलकुद ऐन र प्रक्रिया अन्तर्गत रहेर यस संघ, आधिकारिक प्रादेशिक अटोमोबाइल एसोसिएसन र सम्बन्धित खेलकुदका सरकारी निकायमार्फत् आबद्धता र स्वीकृति गराउनु हामी सबैको हितमा हुनेछ,” विज्ञप्तिमा उल्लेख छ।
नासा नेपालले वैधानिक प्रक्रियामार्फत खेलकुद/इभेन्ट सञ्चालन गरी नेपाली साहसिक खेलमार्फत दिगो पर्यटनमा योगदान गर्न चाहने इभेन्ट, प्रमोटर, क्लब तथा कम्पनीहरूलाई सदैव स्वागत, साथ, सहयोग र सहकार्य गर्न तयार रहेको बताएको छ।
यदि कसैले यस क्षेत्रका खेलाडी र प्राविधिकको पेशागत विकास, पद्धति र प्रक्रिया तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत कुनै पनि कार्य गरेमा कानूनी उपचार खोज्न बाध्य हुने र त्यसबाट हुने हानि-नोक्सानी तथा सार्वजनिक घाटाको लागि सम्बन्धित व्यक्ति वा संस्था स्वयं जिम्मेवार हुने चेतावनी पनि नासा नेपालले दिएको छ।
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को लुम्बिनी प्रदेशमा भएको...
काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...