यात्री र सिप्रदी मिलेर अब ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर बनाउने, बाहिरियो टिजर

काठमाडौं – नेपालमै इलेक्ट्रिक मोटरसाइकल बनाएर चर्चा कमाएको यात्री मोटरसाइकल्सले अब सिप्रदी ट्रेडिङसँगको सहकार्यमा ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर बनाउने भएको छ ।

यात्री मोटरसाइकल्सले आफ्नो सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको छ । केही समय पहिले यात्रीले सिप्रदीसँग सहकार्य गर्ने जानकारी सार्वजनिक भएको थियो । त्यस पश्चात पहिलो पटक यो जानकारी वाहिरिएको हो ।

यात्रीले निर्माण गरेको मोटरसाइकलको नाम पी१ थियो भने स्कुटरका लागि पी२ नाम दिइएको छ । टिमको अथक मेहनत पश्चात आन्तरिक रुपमा ‘पी२ डिजाइन प्रस्तुतीकरण’ गरिएको यात्रीले बताएको छ । आगामी दिनमा यसलाई अझै प्रमाणिकरण गरिने र वर्षको अन्त्य सम्ममा उत्पादन हुने बताइएको छ ।

नयाँ पी२ प्लेटफर्मको वारेमा आफूहरु निकै नै उत्साही भएको भएको समेत यात्रीले बताएको छ ।

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी बिच गत वर्षको असार महिनामा सम्झौता भएको थियो । देशकै प्रतिष्ठित ब्रान्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...

नाडा अटो शोमा भित्रिदै ९० लाख सम्म मूल्य पर्ने स्काइवेलका दुई प्रिमियम ईभी

नाडा अटो शोमा भित्रिदै ९० लाख सम्म मूल्य पर्ने स्काइवेलका दुई प्रिमियम ईभी

काठमाडौं – नेपाली बजारमा स्काइवेलको ईटी५ ईभी बिक्री–वितरण गरिरहेको जी...

सर्भिस सेन्टर संचालनमा ल्याउँदै सिजी मोटर्स, छिट्टै २४ स्थानमा चार्जिङ स्टेशन निर्माण हुने

सर्भिस सेन्टर संचालनमा ल्याउँदै सिजी मोटर्स, छिट्टै २४ स्थानमा चार्जिङ स्टेशन निर्माण हुने

अवको केही हप्ता भित्रै नेटा इलेक्ट्रिक कारको सर्भिस सेन्टर संचालनमा आउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...