रोयल इन्फिल्डको हन्टर कार्निभल सम्पन्न, प्रतिस्पर्धामा विजयीलाई गरियो पुरस्कृत
काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ ।...
रोयल इन्फिल्डले आफ्नो इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, रोयल इन्फिल्ड हिमालयन ७५० बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले हालै आफ्ना सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गर्दै यसको जानकारी दिएको छ । हाल यसको परीक्षण भइरहेको छ ।
नयाँ हिमालयन ७५० मा केही महत्त्वपूर्ण परिवर्तन गरिएको छ । सार्वजनिक गरिएका तस्बिरमा यसमा अगाडिको मडगार्डको ठीक माथि र पछाडिको ब्रेक केबलसँगै प्याक गरिएको ब्रेक केबल देख्न सकिन्छ। यसको विन्डशिल्डलाई पहिलेभन्दा सानो आकारमा परिवर्तन गरिएको छ।
यसमा इन्टरसेप्टर ६५० जस्तै इन्जिन हुने अपेक्षा गरिएको छ, तर सो इन्जिनले बढी पावर र टर्क उत्पादन गर्नेछ। यसमा ७५० सीसीको इन्जिन दिन सक्ने गरिने अनुमान छ । सो इन्जिनले लगभग ५५ पीएस पावर र ६० एनएम टर्क उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ।
सस्पेन्सन र ब्रेकिङ सिस्टममा १९/१७ इन्चको स्पोक ह्विल सेटअप देख्न सकिन्छ। यद्यपि, यसमा ट्युबलेस स्पोक ह्विल सेटअप हुनेछ वा छैन भन्ने कुरा अझै पुष्टि भइसकेको छैन। ठूलो इन्जिनका कारण सो बाइक हिमालयन ४५० भन्दा धेरै भारी हुनेछ। सेफ्टीका लागि यसको अगाडि ड्युअल डिस्क र पछाडि सिंगल डिस्क ब्रेक हुनेछ। साथै, यसमा ड्युअल-च्यानल एबीएस पनि हुन सक्ने अनुमान गरिएको छ ।
रोयल इन्फिल्ड हिमालयन ७५० लाई इटालीको मिलानमा आयोजना हुने २०२५ को ईआईसीएमए शो र २०२५ मोटोभर्स गोवामा प्रस्तुत गर्न सकिन्छ। यसलाई नोभेम्बर २०२५ को आसपास भारतीय बजारमा लन्च गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ ।...
काठमाडौं – रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो...
काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...