८ हजार ३०० डलरमै आयो चेरीको नयाँ मिनि कार, यस्तो छ रेन्ज र विशेषता

काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले नयाँ क्यूक्यू डमी इलेक्ट्रिक कार लन्च गरेको छ । उक्त नयाँ कारको सुरुवाती मूल्य ८ हजार ३०० डलर निर्धारण गरिएको छ । कम्प्याक्ट ह्याचव्याक सेग्मेन्टमा पर्ने यस नयाँ कारमा ५ सिट लेआउट र ५ वटै ढोका राखिएको छ ।

सो नयाँ कारको लम्वाई ३ हजार ७२० एमएम, चौडाई १ हजार ७०० एमए, उचाई १ हजार ६०८ एमएम तथा ह्विलवेश २ हजार ५२० एमएम छ । वाहिरी लुक्स निकै आकर्षक देखिने क्यूक्यू डमीको इन्टेरियरलाई डुअल टोन कलरमा सजाइएको छ ।

कारमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, १०.२५ इन्चको फ्लोटिङ सेन्ट्रल टचस्क्रिन, भ्वाइस रिकग्निसन, किलेस इन्ट्रि र पछाडीको सिटलाई ४०ः६० को अनुमातमा फोल्ड गर्न मिल्ने लगायत फिचर दिइएको छ । सेन्टर कन्सोललाई खुल्ला राख्न कारको स्टेरिङ ह्विलमै गियर सेलेक्टर माउन्ट गरिएको छ ।

क्यूक्यू डमीलाई चेरीले २८.५ किलोवाट आवर र ३९.३३ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराएको हो । यी दुबै भेरिएन्टमा ४० किलोवाट क्षमताको फ्रन्ट माउन्टेड मोटर राखिएको छ, जसले ११० एनएम टर्क जेनेरेट गर्दछ । यस नयाँ कारलाई १०० किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

सिंगल चार्जमा ३०५ र ४०५ किलोमिटर रेन्ज दिने दाबी गरिएको यस कारलाई फास्ट चार्जरको साहयताले ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, यसको लङ रेन्ज भेरिएन्टमा भेइकल–टु–लोड फिचर समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...

औडीले ल्यायो फुल चार्जमा ४८४ किलोमिटरको रेन्ज दिने दमदार ई–एसयूभी

औडीले ल्यायो फुल चार्जमा ४८४ किलोमिटरको रेन्ज दिने दमदार ई–एसयूभी

चर्चित जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले औडी ई–ट्रोन र औडी ई–ट्रोन...

बीवाईडीको लोभलाग्दो प्रगति : १३ वर्षमा ३० लाख युनिट कार उत्पादन

बीवाईडीको लोभलाग्दो प्रगति : १३ वर्षमा ३० लाख युनिट कार उत्पादन

चिनियाँ कम्पनी बीवाईडीले १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...