दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा

चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेइकल ब्रान्ड दिपलले विश्वभर पाँच लाख युनिट डेलिभरीको संख्या पार गरेको छ ।

गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन ईभी विक्री भएको थियो जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।

हाल दिपल ब्रान्ड अन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्री वितरण भइरहेको छ । यसमध्ये दिपल ए०९ औपचारिक रुपमा गएको मे २२ मा सार्वजनिक भएको छ ।

६ सिट भएको ठूलो आकारको एसयूभी दिपल एस०९ पाँच वटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६ः९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेनमेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।

इन्फोटेनमेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङसन पनि रहेको छ । साथै यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ । दिपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लुईडब्लुए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा एन्ड टु एन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।

दिपलले आउँदो वर्ष चीनमा तीन सय वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्य पूर्व बजारमा प्रवेश गरिसकेको दिपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।

गत मेमा आयोजना भएको दिपल ब्रान्ड नाइटमा सिईओ डेंग चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार विक्री गर्ने लक्ष्य लिइएको छ । यो योजना अन्तर्गत चांगानले ३० वटा नयाँ मोडल सार्वजनिक गर्नेछ ।

सम्बन्धित समाचारहरू

बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

बीवाइडीको प्राथमिकतामा नेपाली बजार, ठूलो संख्यामा एट्टो–३ नेपाल पठाउँदै

विश्वकै अग्रणी इभी निर्माता बीवाइडीले नेपाली बजारलाई प्राथमिकतामा राख्न...

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र स्पार्क...

सेगवे ई११०एल : नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

सेगवे ई११०एल : नयाँ वर्ष २०८३ अफरसहित नेपालमा पुनः उपलब्ध

काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...