बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...
बीवाईडीले टेस्लाको लागि नयाँ चुनौती खडा गर्दै आफ्नो नयाँ इलेक्ट्रिक कार बीवाईडी सिल ०६ ईभी चीनमा लन्च गरेको छ। लगभग १५ हजार २७० अमेरिकी डलरमा लन्च गरिएको सो कारले इलेक्ट्रिक बजारमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ।
सिल ०६ ईभी यसअघि मे २०२४ मा स्थानीय बजारमा लन्च भएको सिल ०६ डीएम-आई प्लग-इन हाइब्रिडको इलेक्ट्रिक विकल्प हो। यस नयाँ संस्करणले बीवाईडीलाई इलेक्ट्रिक कार बजारमा अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
बीवाईडी सिल ०६ ईभी ई-प्लेटफर्म ३.० इभो प्लेटफर्ममा आधारित छ। यसमा फ्लस डोर ह्यान्डल, स्लिक रूफलाइन र सिंगल टेललाइट युनिटले यसको आधुनिक र आकर्षक डिजाइनलाई जोड दिएको छ।
यसको डाइमेन्शन ४७२०/१८८०/१४९५ एमएम र यसको ह्विलबेस २८२० एमएम छ। यसको इलेक्ट्रिक भेरिएन्ट प्लग-इन हाइब्रिड सिबलिंग भन्दा ११० एमएम छोटो र ५ एमएम चौडा भए पनि, यसको ह्विलबेस ३० एमएमले बढाएर २८२० एमएम गरिएको छ।
सिल ०६ ईभीको इन्टेरियर अन्य बीवाईडी ब्रान्डेड मोडलसँग मिल्दोजुल्दो छ। यसमा ठूलो घुमाउरो १५.६ इन्च स्क्रिन र सानो एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल समावेश छ । कारको केन्द्र टनेलमा दुई वायरलेस चार्जिङ प्याड र कप होल्डर समावेश छ । साथै यसमा ६५ लिटर फ्रङ्क, क्याबिन भित्र २४ स्टोरेज स्पेस र ट्रंक स्पेस ४२३ लिटर छ।
एन्ट्री-लेभल बीवाईडी सिल ०६ ईभीमा ११० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ र यो ४६.०८ किलोवाट आवर एलएफपी ब्याट्रीद्वारा संचालित छ । सो मोडलले ४७० किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्छ। सो एसयूभीको उच्चतम गति १६० किलोमिटर प्रति घण्टा छ र यसको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २४ मिनेट मात्र लाग्छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...
बिवाईडीले विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट निर्माण गर्ने भएको छ...
बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...