२०३० सम्ममा २६ नयाँ मोडल ल्याउने हुन्डाईको तयारी, कुन–कुन आउँदै ?

काठमाडौं–हुन्डाईले २०३० सम्ममा भारतिय बजारका लागि २६ नयाँ मोडेलहरू लाइनमा राखेको छ । यसमा इन्ट्रि लेभल ह्याचब्याकदेखि प्रिमियम हाइब्रिड एसयूभी र स्केटबोर्डमा आधारित ईभीसम्म समावेश छन् ।

मिडिया रिपोर्टका अनुसार, यी २६ मोडलमध्ये, ७ देखी ८ वटासम्म अल न्यू मोडल छन् भने बाँकी हाल बिक्री हुँदै आएका मोडलको नयाँ भेरियन्ट र फेसलिफ्ट हुन् ।

हुन्डाईले यसै वर्षको अक्टोबरमा भेन्यूको नयाँ जेनेरेशन लन्च गर्ने तयारी गरिरहेको छ । त्यसपछि २०२६ को मध्यतिर अर्को नयाँ क्रसओभरलाई उसले वेयोन नाम दिएर ल्याउनेछ । आई २० को प्लेटफर्ममम निर्माण हुने अनुमान गरिएको यस एसयुभी क्रेटा भन्दा तल रहने अपेक्षा गरिएको छ ।

यसैगरी, एक्स्टर फेसलिफ्ट र अपडेटेड भर्ना अप्रिल २०२६ सम्ममा बजारमा आउने अनुमान गरिएको छ । आई२० र अल्काजारको नयाँ जेनेरेशन २०२८ भित्र लन्च हुनेछ । हुन्डाईले २०२६ को अन्त्यसम्ममा मास–मार्केट इलेक्ट्रिक ह्याचब्याक प्रस्तुत गर्ने योजना बनाएको छ ।

स्केटबोर्ड प्लेटफर्ममा आधारित पहिलो मास–मार्केट ईभीको मूल्य १० देखी १५ लाख भारुको विचमा रहने र यसले टाटा पन्चसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ । यी बाहेक कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा आधारित एक नयाँ मिड साइज इलेक्ट्रिक एसयुभी पनि लन्च गर्ने योजना बनाएको छ ।

आफ्नो पहिलो हाइब्रिड मोडलका रुपमा प्यालिसेडलाई उतार्ने तयारी गरिरहेको हुन्डाईले २०२८ भित्रै क्रेटाको नयाँ जेनेरेशन र हाइब्रिड भर्सन समेत लन्च गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

दक्षिण कोरियाली कार निर्माता हुन्डाई मोटरले घरेलु बजारमा गत वर्ष नयाँ...

भोलि लन्च हुँदै हुन्डाई क्रेटा २०२२, लिक भयो फोटो

भोलि लन्च हुँदै हुन्डाई क्रेटा २०२२, लिक भयो फोटो

हुन्डाईले क्रेटाको फेसलिफ्ट इन्डोनेसियाली कार बजारमा सार्वजनिक गर्ने...

हुन्डाई एक्सटरको वुकिङ ५० हजार नाघ्यो, ७५ प्रतिशत सनरुफ भेरिएन्टको

हुन्डाई एक्सटरको वुकिङ ५० हजार नाघ्यो, ७५ प्रतिशत सनरुफ भेरिएन्टको

हुन्डाईको सानो एसयूभी एक्सटरको वुकिङ ५० हजार युनिट नाघेको छ । भारतमा जुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...