विभिन्न कलेजहरुमा ड्रोन रेसिङ ट्रेनिङ सुरु

काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ ट्रेनिङ सुरु गरेको छ ।

आइतबार थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङतर्फ प्रोत्साहित गर्नु हो ।

ट्रेनिङमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे जानकारी नासा नेपाल तथा ड्रोन हब नेपालका प्रतिनिधिहरुले दिए ।

कार्यक्रममा नासा नेपाल ई–स्पोर्ट्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी, ट्रेनिङ तथा मार्शल कमिसनका सचिव आशिष रौनियार, ड्रोन हब नेपालका निर्देशक प्रवीण भट्टराई र शास्वत रिजाल लगायतले विद्यार्थीहरूसामु प्रस्तुति दिएका थिए ।

हालको समय युवावर्ग माझ लोकप्रिय बन्दै गएको ड्रोन प्रविधि हाम्रो समाजको अभिन्न अंग बन्दै गएको छ । नेपालमै पहिलोपटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको छ र नासा नेपालले यसलाई आफ्नो कार्यक्षेत्रमा समेटी विधानमै समावेश गरेको छ ।

ड्रोनको व्यवसाय र व्यावसायिक हितको लागि विभिन्न संघसंस्था क्रियाशील भइरहेका अवस्थामा ड्रोन हब नेपाल, नासा नेपालकै कर्पोरेट पार्टनरका रूपमा क्रियाशिल पनि छ । निकट भविष्यमा हुने नेशनल ड्रोन रेसिङ च्याम्पियनसिपको तयारीमा रहेको नासा नेपालको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले, देशभरका विभिन्न कलेजहरूमा सिम रेसिङ र ड्रोन प्रतिस्पर्धा प्रारम्भ गर्ने तयारीमा समेत रहेको छ ।

सम्बन्धित समाचारहरू

सकियो रेसिङ च्याम्पियनसिपको अर्को राउन्ड, यी हुन् विजेता

सकियो रेसिङ च्याम्पियनसिपको अर्को राउन्ड, यी हुन् विजेता

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ ।...

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...

आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...