चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न
काठमाडौँ – चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...
काठमाडौं। नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधार कार्य अझै जारी रहने भएपछि आगामी पाँच दिनसम्म सवारी आवागमन बन्द गरिने भएको छ। नागढुंगा–मुग्लिङ सडक आयोजनाको पूर्वी खण्डले आइतबार एक सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म दैनिक साढे ४ घण्टा सडक पूर्णरूपमा बन्द हुने जानकारी दिएको हो।
यस अनुसार आज देखि यो सडक दैनिक बन्द हुनेछ । तोकिएको अवधिमा हरेक दिन बिहान १०:३० बजेबाट दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
आयोजनाका अनुसार काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधनलाई नागढुंगा चेकपोस्टमै रोकिने व्यवस्था गरिएको छ भने नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमै रोकिनेछ। साना र मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा सीतापाइला–रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि पनि यही सडकखण्ड जेठ १० गतेदेखि २५ गतेसम्म बन्द गरी मर्मत कार्य गरिएको थियो। सडक सुधार कार्यको प्रभावकारी कार्यान्वयनका लागि यो निर्णय गरिएको आयोजनाले जनाएको छ।
काठमाडौँ – चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...
काठमाडाैँ – सरकारले पूर्वपश्चिम राजमार्ग निर्माणका लागि ३१ अर्ब दुई...
काठमाडौं – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...