केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

बजाजले भारतमा केटिएम ३९० ड्युक र ट्रायम्फका सबै ४०० सीसी मोडलमा १० वर्षको स्ट्यान्डर्ड वारेन्टी घोषणा गरेको छ । यो अफर जुन ३०, २०२५ सम्म खरिद गरिएका बाइकहरूमा मान्य हुने जनाइएको छ ।

बजाजले कुनै अतिरिक्त लागत बिना ५ वर्षको वारेन्टीमा ५ वर्षको अतिरिक्त कभरेज प्रदान गर्ने घोषणा गरेको हो । वारेन्टी इन्जिन र केही विद्युतीय कम्पोनेन्टमा मात्रै लागु हुनेछ । वारेन्टी अवधि भित्र बाइक बेचेको खण्डमा समेत यो स्थानान्तरण योग्य हुनेछ ।

केटिएम ३९० ड्युकमा ३९९ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ४५ विएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ । यसैगरी, ट्रायम्फ स्पीड ४०० र स्क्र्याम्बलर ४०० मा ३९८ सीसी क्षमताको इन्जिन राखिएका छ भने यसले ३९.५ बीएचपी पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्दछ ।

अप्रिलियाले आरएस ४५७ र टुओनो ४५७ का लागि विस्तारित वारेन्टी कार्यक्रम प्रस्तुत गरेको केही दिन पछि यो घोषणा आएको हो । इटालियन बाइक निर्माताले ३ वर्ष अर्थात ३६ हजार किलोमिटर स्टयन्डर्ड वारेन्टीमा १ वर्ष अर्थात १२ हजार किलोमिटर अतिरिक्त वारेन्दि प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

केटीएमले ल्यायो नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर बाइक

केटीएमले ल्यायो नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर बाइक

केटीएमले नयाँ एमवाई२०२२ ३९० एड्भेन्चर बाइक लन्च गरेको छ । सो बाइकको मूल्य ३...

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

२५० सिसी क्षमताको नयाँ क्रुजर वाइक, मूल्य ७ लाख ५० हजार

नेपाली टु ह्विलर बजारमा अर्को एक नयाँ ब्रान्डको क्रुजर वाइक भित्रिएको छ ।...

केटीएमको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘ई-ड्युक’ चाँडै लन्च हुने, डिजाइन र प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा

केटीएमको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘ई-ड्युक’ चाँडै लन्च हुने, डिजाइन र प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा

केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...