खर्च धेरै तर उपयोग सीमित, यस्ता छन् कारमा कम मात्र उपयाेग हुने चर्चित फिचर
कारमा ठूला स्क्रिन, टच कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक लगायतका थुप्रै आधुनिक...
काठमाडौं– गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन मिल्ने नयाँ एसेसरिज भित्रिएको छ । कार केयर लाउन्ज प्रालिले रोजरएब ब्रान्डको यस्तो एसेसरिज नेपाल ल्याएको हो । ग्राउन्ड क्लियरेन्स कम भएका जुनसुकै गाडीमा यसलाई जडान गर्न सकिने कम्पनीको भनाई छ ।
रोजरएबलाई गाडीको चारवटै सस्पेन्सन क्वाइलमा ३० मिनेटमै जडान गर्न सकिन्छ । कम्पनीका अनुसार यो सर्टिफाईड प्रोडक्ट समेत हो । यसमा पाँच वर्षको ग्यारेन्टी छ । पाँच वर्षभित्र कुनै समस्या भएमा कम्पनीले यो उत्पादनलाई प्रतिस्थापन गर्छ ।
रोजरएब जडान भएपछि गाडीको ग्राउन्ड क्लियरेन्स एकदेखि डेढ इन्चसम्म बढ्ने बताइएको छ । यसले गाडीलाई अफरोडमा हल्लिने र जर्क हुने समस्याबाट मुक्ति दिन्छ भने कच्ची सडकमा गाडी चलाउँदा सस्पेन्सन बिग्रनबाट जोगाउँछ । साथै, गाडी खराब बाटोमा चलाउँदा पनि ह्यान्डलिङ राम्ररी गर्न सकिन्छ र निकै सहज फिल हुन्छ ।
भारतस्थित रोज कम्पनीले बनाएको प्याटेन्ड प्रोडक्ट भएका कारण यसलाई अरु कम्पनीले कपि गरेर उत्पादन गर्न नसक्ने बताइएको छ । नेपालमा अहिले यसको सफल परीक्षण र जडान तथा डिलरशिप विस्तार भइरहेको छ । हाई ग्रेड सिलिकनले बनेको हुँदा यो निकै गुणस्तरीय रहेको कम्पनीले दाबी गरेको छ ।
कार र एसयुभीमा प्रयोग हुने यो प्रोडक्ट जम्मा सातवटा साइजमा उपलब्ध रहँदै आएको छ । कम्पनीले यो प्रोडक्टमा ३० दिनको ‘वाइ ब्याक वारेन्टी’ पनि दिएको छ । कम ग्राउन्ड क्लियरेन्स भएका गाडीका लागि यो प्रोडक्ट निकै उपयोगी हुने र त्यसमा पनि इभीका लागी यो झनै प्रभावकारी हुने दाबी गरिएको छ । नेपालमा यसको प्रयोग टोयोटाको आधिकारिक सर्भिस सेन्टरले गर्न थालिसकेको छ ।
कारमा ठूला स्क्रिन, टच कन्ट्रोल, इलेक्ट्रोनिक ब्रेक लगायतका थुप्रै आधुनिक...
ड्राइभिङ एउटा कला हो । कार ड्राइभिङ गर्न सिक्ने पहिलो आधारभूत मन्त्र भनेको...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्पेयर पार्ट्स वितरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...