आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव

काठमाडौँ - नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई सुझाव दिएको छ । 

बुधबार गभर्नर पौडेललाई भेटेर नाइमाका पदाधिकारीहरुले गर्भनर भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मौद्रिक नीतिका लागि सुझाव दिएका हुन् । 

सुझावमा सबै प्रकारका सवारीका लागि ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्न आग्रह गरिएको छ । 

त्यस्तै चिनियाँ उत्पादनका सवारीका लागि चीनमा अवस्थित चिनियाँ कम्पनीहरुलाईमात्र चिनियाँ युआनमा एलसी (लेटर अफ क्रेडिट) खोल्न आयातकर्तालाई अनुमति भएकामा अब जुनसुकै देशको भए पनि आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन अनुरोध गरिएको छ । 

साथै कर्जाका लागि जोखिम भारित सम्पत्तिको दर अहिलेको सतप्रतिशतबाट ७५ प्रतिशतमा घटाउन पनि नाइमाले सुझाव दिएको छ । 

नाइमा अध्यक्ष रितु सिंह वैद्यसहितको टोलीले गभर्नर पौडेललाई भेटेर उक्त अनुरोधसहितको सुझाव दिएको हो ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...