टाटा मोटर्सद्वारा एडास सुविधासहित नयाँ पुस्ताका १७ ट्रक सार्वजनिक
टाटा मोटर्सले भारतमा ७ टनदेखि ५५ टन क्षमतासम्मका १७ नयाँ पुस्ताका...
टाटा मोटर्सले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी 'टाटा ह्यारियर ईभी' भारतीय बजारमा आधिकारिक रूपमा लन्च गरेको छ। सो एसयूभी कम्पनीको नयाँ एक्टि डट ईभी प्लस प्लेटफर्ममा आधारित छ ।
कम्पनीले सो एसयूभी ६५ किलोवाट र ७५ किलोवाट गरी दुई प्रकारका ब्याट्री विकल्पमा ल्याएको छ, जसले एकपटक चार्जमा ६२७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसमा १२० किलोवाट क्षमताको फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसको सहायताले २० देखि ८० प्रतिशत ब्याट्री केवल २५ मिनेटमै चार्ज गर्न सकिन्छ। साथै १५ मिनेटको फास्ट चार्जमा २५० किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ।
ह्यारियर ईभीमा ड्युअल मोटर सिस्टम राखिएको छ, जसले २३८ पीएस पावर र ५०४ एनएम टर्क उत्पादन गर्छ । एसयूभीको दुबै ब्याट्री एड्भान्स कुलिङ सिस्टमसहित उपलब्ध छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति केवल ६.३ सेकेन्डमै प्राप्त गर्न सक्छ।
ह्यारियर ईभी डिजाइन र इन्टेरियर सुविधाका हिसाबले अत्यन्तै प्रिमियम देखिन्छ। गाडीमा ड्युअल टोन इन्टेरियर, प्यानोरामिक सनरूफ, ३६.९ सेमी क्युलिड इन्फोटेनमेन्ट सिस्टम, ड्युअल-जोन क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइट, अटो पार्किङ, की-लेस इन्ट्री, मोबाइल फोन एक्सेस, ५४० डिग्री सराउन्ड भिजन क्यामेरा सिस्टम, जेबीएल अडियो सिस्टम, र एप्पल कारप्ले सपोर्टजस्ता आधुनिक फिचर समावेश छ ।
साथै यसमा ६ वटा मोड उपलब्ध छ । सेफ्टीका लागि गाडीमा लेभल टु एडास, भेइकल टु लोड, भेइकल टु भेइकल टेक्नोलोजी, इन-कार पेमेन्ट सपोर्ट र कार कनेक्टिभिटी जस्ता फिचर रहेको छ । गाडीमा अगाडिको भेन्टिलेटेड सिट, पावर बटन्ससहितका बोस मोड फिचर, पावर ड्राइभर सिट र ५०२ लिटरदेखि ९९९ लिटरसम्मको बुट स्पेस जस्ता सुविधा प्रदान गरिएको छ।
कम्पनीले ह्यारियर ईभीको बुकिङ २ जुलाई २०२५ देखि सुरु हुने जानकारी दिएको छ। यसले बजारमा महिन्द्रा बीई.६, एक्सयूभी.ई९ र बीवाईडी एट्टो ३ जस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
टाटा मोटर्सले भारतमा ७ टनदेखि ५५ टन क्षमतासम्मका १७ नयाँ पुस्ताका...
टाटा मोटर्सले टाटा ह्यारियरको ईभी लन्च गर्ने तयारी गरिरहेको छ । ह्यारियर...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ भएको नाडा अटो शो २०२५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...