अब १० लाख कम मूल्यमा इलेक्ट्रिक लक्जरी एसयूभी ‘जिकर एक्स’

काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले कम्प्याक्ट लक्जरी एसयूभी ‘जिकर एक्स’, नयाँ र परिमार्जित मूल्य अर्थात ७४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको बताएको छ ।

पहिले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको सो लक्जरी एसयूभी अब १० लाख रुपैयाँ कम मूल्यमा उपलब्ध हुने भएको हो ।

‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् भने एक्सचेन्ज बोनस, अटोप्लस बिमा, सडक करमा १ आर्थिक वर्षको छुट र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन्।

जिकर एक्स प्रभावशाली २०० किलोवाट मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यसको डब्लुएलटीपी रेन्ज४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको बताइएको छ ।

जिकर एक्स, जिकर ००१ र जिकर सेभेन–एक्सजस्तै उन्नत ‘एसईए’ प्लेटफर्ममा आधारित छ । यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत बनाउने मात्र होइन, सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ ।

जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो, जसले प्रतिष्ठित फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । साथै, ग्रिन एनक्यापबाट फाइभ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ ।

गिली होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित उपलब्ध भएको बताइएको छ । जिकर एक्स, सहरी इलेक्ट्रिक एसयूभी नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ । यसको प्रतिस्पर्धात्मक मूल्य, सहज वित्तीय योजना र विशेष स्वामित्व सुविधाहरूका कारण,ग्राहकहरूको लागि अहिले नै खरिद गर्ने उत्तम समय बनेको कम्पनीको भनाइ छ ।

पायोनियर मोटोकर्प प्रालिले इलेक्ट्रिक गाडी खरिद गर्न चाहनेहरूलाई नजिकको सोरुममा पुगी जिकर एक्सको स्टाइलिस डिजाइन र विशेषताहरूको अनुभव गर्दै नयाँ मूल्य र योजनाको लाभ लिन आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ...

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले यो वर्षको...

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...