जेभियर इन्टरनेसनलले किन्यो एकै पटक १३ फोटोन माउन्टेन ईभी

काठमाडौं – जेभियर इन्टरनेसनल स्कुलले एकै पटक १३ युनिट फोटोन माउन्टेन ईभी किनेको छ । एक कार्यक्रमका बिच फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले एकै पटक सो स्कुललाई माउन्टेन ईभी हस्तान्तरण गरेको छ ।

नेपाली बजारमा पछिल्लो समयमा अन्य ईभी जस्तै फोटोन माउन्टेन ईभी समेत लोकप्रिय बनेका छन् । नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता भएको १४ सिटर सो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्याक छ, जसले फुल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

त्यसैगरी यसले १३० किलोवाटको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ भने यसको ग्रेडेबिलिटी २५ प्रतिशत छ । यी सबैका कारण नेपाली बजारमा यति एड्भान्स्ड फिचर भएको यो पहिलो गाडी भएको बताइएको छ । माउन्टेन ईभी भ्यान स्पेसियस र कम्फर्टेबल हुनुका साथै ठूलो हेडरुमका लागि हाई रुफ छ ।

यसमा फर्स्ट–इन–क्लास र फर्स्ट–इन–नेपाल फिचरको रुपमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ असिस्टेन्स, हिल होल्ड कन्ट्रोल (एचएचसी), आर१६ ड्युरेबल टायरका साथै इको र पावर गरी दुई ड्राइभिङ मोड रहेका छन् ।

स्लिक तथा डाइनामिक प्रोफाइल सहितको मोडर्न डिजाइन रहेको माउन्टेन ईभी भ्यानमा अगाडितिर डाइनामिक हेडलाइट रहेको छ भने यसको तलतिर एयरभेन्ट नजिकै रहेको फगल्याम्प तथा ब्याकमा रहेको इन्टिग्रेटेड टेलल्याम्पले स्लिक र मोडर्न लुक प्रदान गरेको छ ।

क्याबिनमा स्पोर्ट्स कारको बकेट सिटमा जस्तै हेडरेस्ट र मोडर्न तथा राम्रो तरिकाले फिनिसिङ गरिएको छ भने मल्टी मिडिया फिचर सहितको स्क्रिन रहेको छ । गाडीको रेन्ज, पावर, स्पिड र गियर आदिको जानकारी लिनका लागि ड्युल–रिङ इन्स्ट्रयुमेन्टल प्यानल रहेको छ । सबैतिरको दृश्यका लागि रिभर्स राडार सहितको रिभर्स क्यामेरा छ ।

सुरक्षाका लागि माउन्टेन ईभी भ्यानमा एबीएस, ईबीडी, एचएचसी, सेल्फ–एड्जस्टिङ ब्रेक क्लियरेन्स, चार्जिङ लक, इन्डिभिज्युअल सिटबेल्ट, ओपन डोर वार्निङ, पावर विन्डोज, सेन्ट्रल लकिङ लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

काठमाडौँ : सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर...

जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय

जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय

पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

काठमाडाैं – राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...