ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान ‘एलिफेन्ट रक’ चढ्दै गरेको भिडियो सार्बजनिक

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित बिद्युतिय एसयुभी ह्यारियर लन्च गर्नु अघि एक महत्वपूर्ण भिडियो बाहिर ल्याएको छ । भोली औपचारिक लन्च गर्ने कार्यक्रमको तयारीका रूपमा कम्पनीले यसको अफरोड क्षमता प्रदर्शन गर्ने भिडियो बाहिर ल्याएको हो ।

‘एलिफेन्ट रक च्यालेन्ज’ शीर्षकको भिडियोमा, ह्यारियर ईभीले केरलाको प्रसिद्ध चट्टान चढेको देखाइएको छ । ३९३७ फिटको उचाइमा अवस्थित एलिफेन्ट रकको आरोहणलाई तीन चरणमा विभाजन गरिँदै आएको छ । जसमध्ये, ह्यारियरले कुन चरणको आरोहण सफल गरेको हो भन्नेबारे खुलाइएको छैन ।

उक्त कार्यक्रममार्फत टाटाले ह्यारियर ईभीमा उपलब्ध अफ–रोड क्रूज कन्ट्रोल, ३६०–डिग्री क्यामेरा र टेरियन मोडसहित रोटरी ड्राइभमार्फत चयन गर्न सकिने रक क्रल, स्नो र स्यान्डलाई प्रदर्शन गरेको हो । साथै यसमा बुस्ट र इको मोड समेत दिइएको छ ।

ह्यारियर ईभीको प्राविधिक विवरणहरु हालसम्म बाहिर ल्याइएको छैन । सो बिद्युतिय एसयुभी डुअल इलेक्ट्रिक मोटरसहित अल–ह्वील–ड्राइभ सिस्टमा उपलब्ध हुने र ५०० एनएम को अधिकतम टर्क जेनेरेट गर्न सक्षम रहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

टाटा म्याजिक बीएस६ अव चितवनमा पनि

टाटा म्याजिक बीएस६ अव चितवनमा पनि

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटालाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

टाटालाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

सन् २०२५ महिन्द्रा एण्ड महिन्द्राका लागि ऐतिहासिक वर्ष बनेको छ। कम्पनीले...

टाटा अल्ट्रोज अटोमेटिक भेरिएन्टमा आउने, टिजर जारी

टाटा अल्ट्रोज अटोमेटिक भेरिएन्टमा आउने, टिजर जारी

टाटा अल्ट्रोजको अटोमेटिक भेरिएन्ट चाँडै लन्च हुने भएको छ । हाल यो म्यानुअल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...