मेगावाट स्तरका १५ हजार फास्ट चार्जर जडान गर्न बीवाईडीले गर्यो नयाँ साँझेदारी

विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडी पछिल्लो समय चार्जिङ पूर्बाधारमा गरेको असाधरण विकासका कारण चर्चामा छ । कम्पनीले केही समयअघि मात्रै मेगावट स्तरका चार्जिङ पूर्बाधार निर्माण गर्ने घोषणा गरेको थियो । यी सुपर फास्ट चार्जरले मात्र ५ मिनेट चार्ज गरेपछि ४०० किलोमिटर रेन्ज प्रदान गर्दछ ।

बीवाईडीले २०२५ को ग्वाङ्डोङ–हङकङ–मकाओ अटो शोमा मेगावाट स्तरका १० हजारवटा चार्जर निर्माण गर्ने पहलको सुरुवात समारोहमा आफ्नो राष्ट्रिय मेगावाट चार्जिङ पूर्वाधार विस्तारमा उल्लेखनीय प्रगतिको घोषणा गरेको छ ।

कम्पनीले प्रमुख चार्जिङ अपरेटरहरू सियाओजु चार्जिङ र सिन्डिएतुसँग नयाँ साझेदारी गरी निकट भविष्यमा थप ५ हजार युनिट यस्ता चार्जर थप्ने र कुल १५ हजार पुर्याउने उद्घोष गरेको हो ।

यी रणनीतिक सहकार्यले चीनभरि मेगावाट चार्जिङ स्टेशनहरूको निर्माणलाई तीव्र पार्ने विश्वास लिइएको छ । विद्युतीय सवारी साधन प्रयोगकर्ताहरूको लागि अल्ट्रा–फास्ट चार्जिङलाई व्यापक रूपमा पहुँचयोग्य बनाउन बीवाईडीले नयाँ प्रबिधीमा लगाव र लगानी दुबै बढाएको छ ।

बीवाईडीले यसअघि ४ हजार वटा मेगावाट स्तरका चार्जिङ स्टेशनहरू निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । जसअनुसार, उसले हालसम्म २०० भन्दा बढी प्रमुख शहरलाई समेटेर ५०० भन्दा बढी स्टेशनहरू पूरा गरिसकेको छ ।

बीवाईडीले सहकार्य अघि बढाएको सियाओजु चार्जिङले हाल ८ हजार ४०० भन्दा बढी व्यवसायसंग साझेदारी गरी ३४ मिलियन भन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा दिँदै आएको छ । यसैबीच, सिन्डिएतुले चीनमा ९० प्रतिशत भन्दा बढी सार्वजनिक चार्जिङ स्टेशनहरूलाई एकीकृत गरिसकेको छ भने ४०० भन्दा बढी शहरहरू उसको पकड कायम छ । यी दुई कम्पनीसंग मिलेलर बीवाईडीले राजमार्ग र शहरी कभरेजलाई सपोर्ट गर्ने थप व्यापक र पहुँचयोग्य मेगावाट चार्जिङ नेटवर्क बनाउने लक्ष्य राखेको छ ।

मेगावाट–स्तरीय चार्जिङ पूर्वाधार तैनाथ गर्न बीवाईडीले गत मार्चमा आफ्नो हान एल र ट्याङ एल मोडेल लन्च गरेपछि सुरुवात गरेको हो ।

बीवाईडीले आफ्नो नेटवर्कलाई अझ विस्तार गर्न र गति कायम राख्न अन्य अग्रणी चार्जिङ अपरेटरहरूसँग सक्रिय रूपमा छलफल गरिरहेको छ । परम्परागत पेट्रोल कारमा इन्धन भर्न लाग्ने समय जत्तिकै छिटो ईभीलाई कसरी चार्ज गर्न सकिन्छ भन्ने विषयमा कम्पनीले खोज र अनुसन्धान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

एसियन राष्ट्रमा ईभी फ्लिटका लागि बीवाईडी र ग्र्याब बिच सहकार्यको घोषणा, ५० हजार ईभी प्रयोग हुने

चाइनिज अटो मेकर बीवाईडी र राइड सेयरिङ सेवा उपलब्ध गराइरहेको कम्पनी...

बीवाईडीको एसेम्वल प्लान्ट अव पाकिस्तानमा पनि, ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजना

बीवाईडीको एसेम्वल प्लान्ट अव पाकिस्तानमा पनि, ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजना

न्यू इनर्जी भेइकलमा कहलिएको ब्राण्ड बीवाईडीले पाकिस्तानमा समेत आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...