वीरगञ्ज नाकाबाट विद्युतीय सहित चार पांग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे सवारीसाधनको आयात घटेको छ ।

चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । जबकी आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताए । इन्धनबाट चल्ने चार पांग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ ।

चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पांग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व सङ्कलन भएको छ । तर, गत आवको सोही अवधिमा भने रु चार अर्ब ३९ करोड राजस्व सङ्कलन भएको थियो । चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ ।

सो अवधिमा रु ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकी गत आवको सोही अवधिमा भने  दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो । चालु आवको १० महिनामा विद्युत्बाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ ।

सो अवधिमा ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । जबकी गत आवको १० महिनामा भने रु ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना÷ठूला सवारीसाधन गरेर  १८ अर्ब ५२ करोड मूल्यका दुई करोड १४ लाख ७५ हजार ४७१ वटा सवारीसाधन आयात भएका छन् ।

ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको वैशाख मसान्तसम्मको अवधिमा १७ अर्ब ५ करोड मूल्यका २६ थरिका दुई करोड ७० लाख २२ हजार दुई सय २२ वटा सानारठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयले १३ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको...

१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण

१३० किलोमिटर प्रति घण्टाको स्पिडमा एक्सपेङ जी७ को अटोनोमस इमर्जेन्सि ब्रेकिङ परिक्षण

एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर...

नेपालका प्रमुख ८ सहरमा एकसाथ लन्च भयो आईकार भी२३

नेपालका प्रमुख ८ सहरमा एकसाथ लन्च भयो आईकार भी२३

काठामाडौं–आईकार भी२३ को नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...