वुलिङ एक्सियनका स्पेयर पार्ट्सको मूल्य सार्वजनिक, कुनको कति ?
काठमाडौं–नेपालमा विद्युतीय एसयूभीको प्रतिस्पर्धा बढिरहेका बेला वुलिङ...
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको नयाँ बजेटले इलेक्ट्रिक गाडी सम्बन्धी पहिलेकै करलाई निरन्तरता दिएको भए तापनि विद्युतीय डबल क्याब पिकअपमा भने नयाँ व्यवस्था गरेको छ ।
पहिले जुनसुकै सिंगल क्याब वा डबल क्याब पिकअपमा समान कर कायम थियो । यस अनुसार अन्य शीर्षकमा राखेर यी पिकअपलाई १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क राखेर भन्सार जाँचपास हुँदै आएको थियो । नयाँ आर्थिक ऐनअनुसार सिंगल क्याब पिकअपमा ८७०४.६०.३१ उपशीर्षक कायम गरेर १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ।

त्यसैगरी डबल क्याब विद्युतीय पिकअपमा ८७०४.६०.३२ उपशीर्षक कायम गरेर २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ।
सरकारले निकै पहिलेदेखि पेट्रोलियम पदार्थबाट चल्ने डबल तथा सिंगल क्याब पिकअपमा अलग अलग उपशीर्षक लगाएर करको दर निर्धारण गरेको थियो। अब विद्यूतीयमा पनि यो नियम लागु भएको छ ।

नेपाली बजारमा पछिल्लो समयमा विद्युतीय पिकअप समेत राम्रो संख्यामा बिक्री हुन थालेका छन् । सामान ओसारपसार कार्यमा सिंगल क्याब पिकअप धेरै प्रयोग हुने गरेको छ भने डबल क्याब पिकअप लाइफस्टाइल सवारीको रुपमा निजी रुपमा समेत प्रयोग हुन थालेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...