हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा कार ठोक्किएपछि…यस्ताे
काठमाडौं – ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।...
काठमाण्डौं–सिएटिएल र फोटोन मोटरले चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्नो १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्ने काम सँगै गर्ने जनाइएको छ । उनीहरूले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, सवारीसाधन र ब्याट्री सेवा तथा सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ–आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन् ।
यो साझेदारी चीनको दुई ठूला कम्पनीहरू फोटोन मोटर र सिएटिएल बीचको सहकार्य हो, जसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ ।
फोटोन मोटरको स्थापना सन् १९९६ मा भएको हो र यो अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माताका रुपमा परिचित छ । सन् २०२१ मा यसले विश्वभर १ करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो किर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्राण्डको रूपमा आफ्नो नाम बनाएको थियो ।
फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छ । यो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो । यसको सेवा तथा उत्पादन १३० भन्दा बढी देशहरूमा उपलब्ध छन् ।
विश्वमै अग्रणी न्यू इनर्जी प्रविधि कम्पनी सिएटिएलले विश्वभर न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ । सिएटिएलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ ।
यसको सिएटिएल् टेकट्रान्स ब्रान्डले लजिस्टिक्स र सार्वजनिक यातायातका क्षेत्रमा विस्तृत उपयोगिताहरू प्रदान गर्दै बस, हल्का तथा भारी ट्रक तथा निर्माण उपकरणहरूको लागि लामो दूरी, फास्ट चार्जिङ र लामो आयु हुने ब्याट्री सोलुसन्स उपलब्ध गराउँदै आएको छ ।
भविष्यमा सिएटिएलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दै कमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ ।
काठमाडौं – ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।...
भारतीय अटो उत्पादक टाटा मोटर्सले निर्माण गरेको नेक्सन इभी नेपाल भित्रिएको...
कार निर्माताहरू लगातार आफ्नो मोडललाई थप आधुनिक बनाउन काम गरिरहेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...