टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...
टीभीएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर जुपिटर १२५ को नयाँ संस्करण चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ। यद्यपि कम्पनीले यसबारे कुनै जानकारी दिएको छैन तर मिडिया रिपोर्टका अनुसार हाल यसको विकासको काम अन्तिम चरणमा पुगेको छ ।
रिपोर्ट अनुसार नयाँ जुपिटर १२५ मा पुरानो मोडलको तुलनामा उल्लेख्य डिजाइन परिवर्तन देख्न सकिनेछ। यसको लुक्स जुपिटर ११० जस्तै हुने अनुमान गरिएको छ, जसको अगाडि र पछाडिको लाइट नयाँ डिजाइनमा प्रस्तुत हुनेछ ।
यसमा कम्पनीले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट सिस्टम, एलईडी लाइट, 'फलो मी' हेडल्याम्प, र फ्युल फिलर क्याप जस्ता सुविधा उपलब्ध हुने सम्भावना छ।
नयाँ जुपिटर १२५ को इन्जिनमा कुनै परिवर्तन नहुने अपेक्षा गरिएको छ। हालको मोडलको जस्तै यसमा पनि १२५ सीसीको इन्जिन हुनेछ, जसले करिब ८ बीएचपी पावर र १०.५ एनएम टर्क उत्पन्न गर्नेछ । यसमा सीभीटी गियरबक्सका साथमा आईगो नामक प्रविधि पनि थपिने चर्चा छ ।
सो स्कुटरले बजारमा होन्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५, हिरो जुम र सुजुकी एक्सेस १२५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।
टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...
टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्नो...
टीभीएसले आफ्नो लोकप्रिय १२५ सीसी मोटरसाइकल रेडर १२५ को अपडेट भर्सन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...