यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न, यी हुन् विजेता


काठमाडौं - यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको साे राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो। प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइवा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गरेकाे कम्पनीको भनाइ छ ।

दिनभरीको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेता बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोकका सुकदेव कुमार माझी बने । त्यसैगरी प्रथम उपविजेता तिरुपति अटो प्यालेस, विराटनगरका राेनित श्रेष्ठ र दोस्रो उपविजेता (साझा विजेता) जेएस अटोमोबाइल्स प्रालि, सतुंगलका सागर त्वाती र जीएसएस ट्रेडर्स, लम्कीका बिनोद चौधरी बने ।

यी उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धता प्रति आफ्नो समर्पण प्रमाणित गरेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको बताइएको छ ।

साे अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, "यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं। यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो।"

कम्पनीले भनेकाे छ - याे प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशिल दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि हो।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशकै सबैभन्दा विश्वासिलो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो। जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिस प्रणालीमार्फत यामाहाले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ। यामाहा नेपाल दक्ष जनशक्ति विकास गर्दै नेपालभर उत्कृष्ट सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा अडिग भएकाे समेत बताएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५

नयाँ फिचरसहित आउँदैछ २०२२ यामाहा एमटी–१५

यामाहाले युवाहरुका बीच लोकप्रिय बाइक एमटी–१५ लाई फेरि नयाँ लुक र फिचर सहित...

यामाहाको नियो रेट्रो मोटरसाइकल : यस्तो छ शुरुमा १ लाख ७५ हजार बुझाएर लिन सकिने स्किम

यामाहाको नियो रेट्रो मोटरसाइकल : यस्तो छ शुरुमा १ लाख ७५ हजार बुझाएर लिन सकिने स्किम

द अल न्यु यामाहा एफजेड–एक्स नेपाली बजारमा क्रसओभर मोटरसाइकलको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...