एलोन मस्क राजनीतिमा अल्झिदा युरोपमा बीवाईडीलाई ठूलो फाइदा, युरोपबाट कसरी हराउँदै छ टेस्ला ?

विद्युतीय सवारी साधन बजारमा एलोन मस्कको टेस्ला र बीवाईडीबीच कडा प्रतिस्पर्धा छ । टेस्लाले आफ्नो प्रविधि र ब्रान्ड मुल्यको आधारमा बजारमा बलियो पकड बनाएको छ भने बीवाईडी आफ्नो किफायती र उन्नत प्रविधिको विद्युतीय सवारी साधनहरूको साथ दु्रत गतिमा अगाडि बढिरहेको छ ।

गत महिना युरोपमा चीनको बीवाईडीले टेस्लाभन्दा बढी विद्युतीय कारहरू बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ । चीनमा टेस्लाको लोकप्रियतामा धेरै क्षति पुर्याएको बीवाईडीको यस उपलब्धीले आक्रामक रणनीति र युरोपेली उपभोक्तामाझ एलोन मस्कको कम्पनीले सामना गरिरहेको समस्यालाई प्रतिबिम्बित गर्दछ ।

अनुसन्धान फर्म जाटो डाइनामिक्सको तथ्याङ्क अनुसार, बीवाईडीले टेस्लालाई १०० भन्दा कम सवारी साधनको अन्तरले उछिनेको छ । गत महिना युरोपमा बीवाईडीले ७ हजार २३१ पूर्ण ब्याट्रीबाट चल्ने कारहरू बेचेको थियो भने टेस्लाले ७ हजार १६५ वटा बेचेको थियो ।

‘यो अन्तर सानो भए पनि, यो युरोपेली कार बजारका लागि खराव संकेत होे’ जाटो विश्लेषक फेलिप मुनोजले एक विज्ञप्तिमा भने । उनका अनुसार, युरोपेली उपभोक्ताले चिनियाँ विद्युतीय कारहरूलाई अँगाल्न तयार रहेको देखाउँछ ।

गत वर्ष टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कले राष्ट्रपति ट्रम्पलाई समर्थन गर्न थालेदेखि नै युरोपमा टेस्लाको बिक्री सुस्त थियो । उनले ह्वाइट हाउसमा महत्वपूर्ण नियुक्ती सहित राजनितीमा सक्रियता बढाउन थालेसंगै युरोपमा टेस्लाको लोकप्रियता खस्किन थालेको हो । युरोपमा उनी अलोकप्रिय हुन थालेसंगै टेस्लाको ब्यापार ४९ प्रतिशतले घट्दा बीवाईडीको भने १७० प्रतिशतले बढेको छ ।

सन् २०१४ मा पहिलोपटक नर्वेमार्फत युरोपेली बजारमा प्रवेश गरेको टेस्लाले २०२२ मा बर्लिन बाहिरको प्लान्टमा उत्पादन सुरु गरेको थियो । त्यही वर्ष बीवाईडीले पनि नर्वे र नेदरल्याण्ड्समा कारहरू बेच्न थालेको थियो । बीवाईडीले हाल हंगेरी र टर्किमा आफ्नो अत्याधुनिक प्लान्ट निर्माण गरिरहेको छ । यी प्लान्टमार्फत उत्पादन हुने कारले युरोपमा एकछत्र राज गर्ने उसको लक्ष्य छ ।

सम्बन्धित समाचारहरू

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

  इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...