शाओमीको दोस्रो इलेक्ट्रिक कार वाईयू७ सार्वजनिक, यस्तो छ विशेषता

शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक कार शाओमी वाईयू७ ग्लोबल डेब्यु गरेको छ। सो नयाँ स्पोर्टी इलेक्ट्रिक एसयूभी जुलाई २०२५ देखि बिक्रीको लागि उपलब्ध हुनेछ । यसअघि कम्पनीले आफ्नो पहिलो सेडान एसयू७ लन्च गरेको थियो, जसको २ लाख ५८ हजार युनिट बिक्री भइसकेको छ।

शाओमी वाईयू७ स्ट्यान्डर्ड, प्रो र म्याक्स गरी ३ संस्करणमा उपलब्ध हुनेछ । स्ट्यान्डर्ड भेरिएन्टमा ९६.३ किलोवाट एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ८३५ किलोमिटरसम्मको रेन्ज दिन्छ र यसमा ३२० पीएस क्षमताको सिंगल मोटर छ। प्रो संस्करणमा उस्तै ब्याट्री भए पनि ड्युअल मोटरको साथ ४९६ पीएस पावर उत्पादन गर्छ र यसको रेन्ज ७७० किलोमिटर छ । म्याक्स संस्करणमा १०१.७ किलोवाट एनसीएम ब्याट्री छ, जसले ७६० किलोमिटरसम्मको रेन्ज दिन्छ र ६९० पीएस पावरका साथ ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ३.२३ सेकेन्डमै लिन सक्छ। यसको अधिकतम गति २५३ किलोमिटर प्रतिघण्टा छ ।

शाओमी वाईयू७ को डिजाइन आकर्षक र एरोडाइनामिक छ। यसमा वाटरड्रप हेडलाइट्स, कर्भी बडी, ०.२४५ ड्र्याग कोफिसिएन्ट, फ्लस डोर ह्यान्डल, स्पोर्टी अलोय ह्विल र कनेक्टेड टेल ल्याम्पजस्ता फिचर रहेको छ ।

कारको इन्टेरियर पनि अत्यन्तै प्रिमियम छ। फ्रन्टमा १२३ डिग्रीको रिक्लाइन र १०-पोइन्ट मसाज फंक्सन लेदर सिट उपलब्ध छ। यसमा १.१ मिटरको हाइपरभिजन डिस्प्ले र १६.१ इन्चको सेन्टर टचस्क्रिन दिइएको छ । पछाडिका यात्रुका लागि १३५ डिग्री एडजस्टेबल सिट र ६.६८ इन्चको टच प्यानल रहेको छ।

सेफ्टीका लागि वाईयू७ मा १ लिडार, १ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनिक सेन्सर र ११ एचडी क्यामेरासहितको एडास सिस्टम जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्वदेशमै एसेम्वल उद्योग लगाउँदा उपभोक्ता, राज्य र उद्योगीलाई फाइदा के ?

स्वदेशमै एसेम्वल उद्योग लगाउँदा उपभोक्ता, राज्य र उद्योगीलाई फाइदा के ?

स्वदेशमै सवारीसाधनको एसेम्वल उद्योग लगाउने विषय नेपालका लागी सधै चर्चाको...

जेएसडब्ल्यु मोटर्स र डसल्ट सिस्टेम्सबीच साझेदारी, तिहारमा पहिलो कार लन्च गर्ने तयारी

जेएसडब्ल्यु मोटर्स र डसल्ट सिस्टेम्सबीच साझेदारी, तिहारमा पहिलो कार लन्च गर्ने तयारी

जेएसडब्ल्यु मोटर्सले विश्वस्तरीय गतिशीलता सिस्टम विकास गर्ने लक्ष्यसहित...

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?

इलेक्ट्रिक कारमा प्रयोग हुने एसी चार्जिङ र डीसी चार्जिङमा कुन राम्रो ?

कुनै पनि इलेक्ट्रिक कारमा ब्याट्री र चार्जिङ धेरै महत्वपूर्ण हुन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...