अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

काठमाडौँ - आईएमई समूह अन्तर्गतको अशोक एलटी इन्जिनियरिङ सर्भिसेज लिमिटेडद्वारा आयोजित ‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। फिनालेमा नारायण बहादुर पौडेलले ‘सर्भिस सम्राट २०२५’ को उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए।

काठमाडौँमा सम्पन्न फिनालेमा देशभरिका विभिन्न शाखाबाट ९० जना टेक्निसियन र इलेक्ट्रिसियनहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा इलेक्ट्रिसियन च्याम्पियनको उपाधि ओम प्रकाश प्रसाद पटेलले प्राप्त गर्दै २० हजार रुपैयाँ नगद जितेका छन्। त्यसैगरी, टेक्निसियन फर्स्ट रनर-अपको उपाधि रुपास लिम्बुले प्राप्त गर्दै १५ हजार रुपैयाँ र टेक्निसियन सेकेण्ड रनर-अप सुवास केसीले जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिता लिखित, मौखिक, र प्रायोगिक गरि तीन चरणमा सञ्चालन गरिएको थियो । जसमा सहभागीहरूको ज्ञान र प्राविधिक सीपको परीक्षण गरिएको थियो। अन्तिम चरणमा १० जना प्रतिस्पर्धीमध्ये ७ जना टेक्निसियन र ३ जना इलेक्ट्रिसियन ग्रान्ड फिनालेमा पुगेका थिए।

पुरस्कार वितरण गर्दै आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता प्रतियोगिताले प्राविधिकहरूलाई नयाँ सीप सिक्न प्रेरणा दिने र बिक्रीपछिको सेवा गुणस्तरीय बनाउन मद्दत गर्ने बताए। साथै, सीप विकासमा लगानी गर्ने र निरन्तर सिकाइको संस्कार निर्माण गर्न समूह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।

अशोक लेल्यान्डका कन्ट्री हेड बिप्लव पॉलले ‘सर्भिस सम्राट’ प्रतियोगितामा सहभागी प्राविधिकहरूले अन्तर्राष्ट्रिय स्तरको सीप प्रस्तुत गरेको उल्लेख गर्दै, प्राविधिक क्षमता विकासमा उनीहरूको लगाव प्रशंसायोग्य रहेको बताए ।

कार्यक्रममा अशोक लेल्यान्डका कन्ट्री हेड बिप्लव पॉल, अशोक एलटी इन्जिनियरिङ सर्भिसेजका कार्यकारी निर्देशक निशान ढकाल र अशोक लेल्यान्ड सर्भिस म्यानेजर अनुपा स्वाईनको उपस्थिति रहेको थियो।

सर्भिस सम्राट, अशोक एलटी इन्जिनियरिङ सर्भिसेजद्वारा वार्षिक रूपमा आयोजना गरिने प्रतियोगिता हो, जसले प्राविधिक तथा कर्मचारीहरूको सीप विकास, प्रोत्साहन र सेवा स्तर उन्नतिमा योगदान पुर्‍याउँछ। यसले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नुका साथै काममा निरन्तर प्रेरित रहन मद्दत गर्दछ।

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेट : २०८० सम्म २५ लाख जोड्नु पर्ने, हाल सम्म ३० हजार मात्र

इम्बोस्ड नम्बर प्लेट : २०८० सम्म २५ लाख जोड्नु पर्ने, हाल सम्म ३० हजार मात्र

सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित...

कारमा हुने उपयोगी बटन, जसको बारेमा धेरैलाई जानकारी छैन

कारमा हुने उपयोगी बटन, जसको बारेमा धेरैलाई जानकारी छैन

जाडो मौसम सकिन लागेको छ र गर्मीका दिनहरु आउन थालेका छन् । गर्मीमा तापक्रमका...

इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

इतिहासमा आज : पहिलो मोटरसाइकल, गुडइयर टायर, लिंकन मोटर्स र मापसे जाँचको परीक्षण

अटोमोबाइल इतिहासमा आज अर्थात अगस्त २९ को दिनलाई विशेष मानिन्छ । आजकै दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...