अक्सफोर्ड कलेज गैंडाकोटमा सडक सुरक्षा र सार्वजनिक यातायात सम्बन्धी युवा वर्कशप सम्पन्न

आठौं यूएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजना र युथ फर रोड सेफ्टी इन नेपालको व्यवस्थापनमा युवा वर्कशप तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा एफआईए सेफ एन्ड सस्टेनेबल मोबिलिटी ग्रान्टको सहयोग तथा बागमती अटोमोबाइल्स एसोसिएसन, नासा फाउण्डेसन नेपाल र रोटरी क्लब अफ चितवनको सहकार्य रहेको थियो ।

Streets for Life – #MakeWalkingSafe #MakeCyclingSafe थिम रहेको यस वर्षको रोड सेफ्टी विकको अवसरमा इन्जिनियरिङका युवा विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सो वर्कशपमा सडक सुरक्षा र दिगो यातायतसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा प्रस्तुति गरिएको थियो । सहभागीहरूलाई सडक सुरक्षाको आधारभूत विषयहरु, सेफ्टी राइडिङ इनिसिएटिभ, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ स्कुल, रोड सेफ्टी अडिटिङ, पैदल र साइकल यात्रीहरूको सुरक्षाजस्ता विषयमा प्रस्तुति दिइयो ।

साथै, मोबिलिटी सिनारियो सर्भेमार्फत उनीहरूको यातायात सम्बन्धी धारणा र सुझाव संकलन पनि भयो । सहभागीहरूलाई स्ट्यान्डर्ड हेलमेटको प्रयोगबारे सचेत गराउँदै, मोटरसाइकल चालक र यात्रु दुवैले हेलमेट लगाउनुपर्ने आवश्यकता विशेष रूपमा प्रस्तुत गरियो ।

कार्यक्रमको समापनमा रोड सेफ्टी क्विजको पनि आयोजना गरिएको थियो, जसमा शुभलक्ष्मी परियार प्रथम र ओमकुमार चौधरी द्वितीय भए । विजेताहरुलाई बागमती अटोमोबाइल्स एसोसिएसनका कोषाध्यक्ष जनककुमार ढकाल र अक्सफोर्ड कलेजका लोमश अधिकारीले पुरस्कार वितरण गरे ।

कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई र यूथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धिताालले प्रस्तुति दिए । कार्यक्रमको शुभारम्भ गर्दै अक्सफोर्ड कलेजका प्रन्सिपल डा. हरि भण्डारीले युवा इन्जिनियरहरूको ज्ञान र संलग्नताले सडक सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनाले विश्वभर हरेक वर्ष १३ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ, जसबाट सबैभन्दा बढी १५–२९ वर्ष उमेरका युवा समुह प्रभावित हुन्छन् । रोड सेफ्टी विकमा युवाहरूलाई नेतृत्व र अर्थपुर्ण सहभागिताले समाज तथा सडकमा सकारात्मक सुधार ल्याउने विश्वासका साथ सो वर्कशप संचालन गरिएको आयोजकको भनाइ छ ।

सहभागी युवाहरूले सडक नियमको पालना गर्ने, हेलमेट र सिट बेल्ट प्रयोग गर्ने, मोबाइल चलाउँदै गाडी नचलाउने, नशामा सवारी नगर्ने जस्ता व्यवहारहरूलाई आत्मसात् गरेर परिवर्तन आफैंबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाए ।

नेपाल अटोमोबाइल्स एसोसिएसनले अब विद्यालय, कर्पोरेट र क्लवलाई आवद्धता गर्दै अटोमोबाइल, मोबिलिटी, टुरिजम र मोटरस्पोर्ट्समा थप क्रियाशिल हुने सन्दर्भमा इन्जिनियरिङ क्षेत्रबाट यो अभियान सुरु गरिएको बताएको छ ।

सम्बन्धित समाचारहरू

धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि...

नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को दशौ वार्षिक साधारण...

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...