९ हजार ९२५ युनिट वागन आर, इग्निस र सेलिरियो फिर्ता लिँदै मारुती सुजुकी, यस्तो छ कारण
मारुती सुजुकीले यसै वर्षको अगस्ट ३ देखी सेप्टेम्वर १ सम्म उत्पादन भएका...
काठमाडौं – नेपालमा सुजुकी मोटरसाइकल समेत एसेम्बल हुन थालेका छन् । यससँगै नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडलको मूल्य समेत समायोजन भएको छ ।
नेपालमा सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले विभिन्न मोडलको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । यस अनुसार तीन वटा मोडलको मूल्यमा ५० हजार भन्दा बढीको दरले मूल्य घटेको छ ।
नेपाली बजारमा उपलब्ध सुजुकी भी–स्ट्रोम २५० को मूल्यमा ५० हजार रुपैयाँ कमी भएको छ । पहिले यसको मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी जिक्सर २५० एसएफको मूल्यमा ५२ हजार र जिक्सर २५० को मूल्यमा ५६ हजार रुपैयाँ कमी भएको छ । नयाँ मूल्य सूची अनुसार यी मोडलको मूल्य क्रमशः ५ लाख ८७ हजार ९ सय र ५ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।
सुजुकीका यी तीनवटै मोडल यो ब्रान्डमा धेरै रुचाइने मोडल हुन् । यी मध्ये भी–स्ट्रोम गत वर्षको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । जिक्सरका मोडल भने पहिले देखि नै नेपाली बजारमा उपलब्ध थिए ।
नेपाली बजारमा उपलब्ध सुजुकीको एभेनिस, बर्गम्यान र एक्सेस लगायतका स्कुटर मोडल पनि उपलब्ध छन् । अन्य मोडलको मूल्य भने यथावत छ ।

मारुती सुजुकीले यसै वर्षको अगस्ट ३ देखी सेप्टेम्वर १ सम्म उत्पादन भएका...
भारतमा केही वर्षयता साना कारको बिक्री घट्दै गएको देखिएको थियो । ठूला र...
काठमाडौं – नेपाली बजारमा केही दिनमै सुजुकी ग्रान्ड भिटारा उपलब्ध हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...