रेनोको नयाँ कार ‘बोरियल’, चाँडै लन्च हुने सम्भावना

रेनोले विश्वका विभिन्न देशमा आफ्ना सवारी साधन बिक्री गर्दै आएको छ। कम्पनीले चाँडै नै नयाँ कार लन्च गर्ने तयारी गरिरहेको छ। लन्च हुनु अघि नै उक्त कारको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ।

रेनोले 'रेनो बोरियल' नामक नयाँ कार लन्च गर्ने तयारी गरेको छ। कम्पनीको आधिकारिक ट्विटर एकाउन्टबाट सात सेकेन्डको भिडियो टिजर सार्वजनिक गरिएको छ, जसमा कारको पछाडिपट्टि "रेनाे बोरियल " लेखिएको देखिन्छ। टिजरमा रेनोको नयाँ लोगो पनि देखाइएको छ र कार आगामी महिनामा प्रस्तुत गरिने उल्लेख गरिएको छ।

रिपोर्टका अनुसार, 'रेनो बोरियल' सम्भवतः डस्टर एसयूभीको ७ सिट भएको संस्करण हुन सक्छ। तर, यसको बारेमा आधिकारिक पुष्टि भने भएको छैन।

रेनोले ७ सिटर एसयूभी लन्च गर्नु अघि ५ सिटर डस्टर पनि बजारमा ल्याउने सम्भावना रहेको छ। यद्यपि, त्यस कारको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

रेनो इन्डियाले हालसम्म 'बोरियल' को बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन। तर रेनो बोरियल एसयूभी सन् २०२६-२७ को आसपासमा भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ। नेपाली बजारमा पनि त्यसपछि भित्रिने सम्भावना हुन्छ ।

सम्बन्धित समाचारहरू

पुरानै मूल्यमा  रेनोले ल्यायो क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन

पुरानै मूल्यमा रेनोले ल्यायो क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन

रेनोले आज भारतीय बजारमा क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन...

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी...

हाईब्रिड पावरट्रेनमा आयो रेनोे राफेल, इलेक्ट्रिक रेन्ज ४८ देखी ६४ किलोमिटर सम्म

हाईब्रिड पावरट्रेनमा आयो रेनोे राफेल, इलेक्ट्रिक रेन्ज ४८ देखी ६४ किलोमिटर सम्म

फ्रेन्च अटो निर्माता रेनोले नयाँ फ्ल्यागसिप एसयूभी राफेल सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...