सडक सुरक्षा सम्बन्धी समीक्षा बैठक सम्पन्न, मोरक्को सम्मेलन पश्चातको कार्य वारे जानकारी आदानप्रदान

काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी मन्त्रिस्तरीय सम्मेलनका सहभागीको समीक्षा बैठक, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा हिजो बैशाख १४ गते सम्पन्न भएको छ । सो सम्मेलनमा नेपालले सडक सुरक्षाका प्रतिबद्धता जाहेर गरेको थियो ।

मन्त्रालयका सचिव केशव कुमार शर्माको अध्यक्षतामा सम्पन्न सो बैठकमा सम्मेलनका सरकारी, गैर–सरकार तथा पेशागत समुदायका विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियोे, जहाँ यस विषयमा सम्पूर्ण साझेदारसँग सहकार्यको चर्चा भयो ।

सो अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) साउथ एशियाका डा. तासी र डब्लुएचओ नेपालका डा. ग्यापो दोर्जी, मन्त्रालयका सह–सचिवहरु सुशिल बाबु ढकाल, कृष्ण राज पन्थ, नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई, डा. सुनिल जोशी, स्वतन्त्रता अभियान नेपालकी रितु भट्ट, सडक विभागका शुभराज न्यौपाने, मोटरिङ नेपालका किरण धिताल तथा युथ फर रोड सेफ्टी इन नेपालकी मनिका वम्मा लगायतको उपस्थिति थियो ।

नागरिक समुदायबाट भइरहेका कार्यका वारेमा जानकारी आदानप्रदान गरिएको सो बैठकमा मन्त्रालय अन्तर्गतको सडक सुरक्षा सम्बन्धी कार्य र मिनीस्ट्रियल मिटिङको निष्कर्षको कामको तालमेल र योजना बारेमा छलफल भएको सो बैठकमा मन्त्रालयका अधिकारी तथा सडक सुरक्षा परिषदले गरेका प्रयासबारे प्रकाश पारिएको थियो । दिगो सडक र सुरक्षित यातायातमा नेपाल सरकारसँगैे दातृ निकाय, पेसागत र गैर संरकारी क्षेत्रको साझा प्रयत्न जारी रहको छ ।

हाल नेपालमा मोटरसाइकलको संख्या वढेसँगै दुर्घटना र त्यसको नकारात्मक प्रभाव डरलाग्दो बन्दै गएको परिप्रेक्षमा डब्लुएचओका अधिकारीहरूले गुणस्तरियता र डबल हेल्मेटको आवश्यकता तथा त्यसको सफल कार्यान्वयनमा आफ्नो अनुभव सुनाएका थिए ।

दर्जनौ अभिसन्धि अनुमोदन, प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा ऐन र काउन्सिल, सार्वजनिक यातायातको सुधारमा मन्त्रालय अझ सक्रिय हुनुपर्ने राय बैठकका सहभागीहरुको थियो । सडक सुरक्षा काउन्सिलका सरोज प्रधानद्वारा सहजीकरण गरिएको सो बैठक निकट भविष्यमै साझा राणनीति तयार गर्ने निष्कर्ष साथ सम्पन्न भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा...

तुइन खोलामा शुक्रबार साँझदेखि यात्रु अलपत्र, पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

तुइन खोलामा शुक्रबार साँझदेखि यात्रु अलपत्र, पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ – चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...