टेस्लाको चालकविहीन कारको तयारी, परीक्षणका लागि कर्मचारी भर्ती सुरु
चालकविहीन कारको अवधारणा अब केवल चलचित्र वा भविष्यको कल्पनामा मात्र सीमित...
अमेरिकी ईभी निर्माता टेस्लाले आफ्नो पोर्टफोलियोमा कम मूल्यको ईभी ल्याउने तयारी गरेको निकै लामो समय वितिसकेको छ । सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयुभी मोडेल वाईको स्ट्रिप–डाउन संस्करण ल्याउने चर्चा चलेको पनि ३ वर्ष वितिसकेको छ । तरपनि टेस्लाले हालसम्म यसको उत्पादन थाल्न सकिरहेको छैन ।
टेस्लाले सस्तो मूल्यका ईभी ल्याउन लाग्नुको प्रमुख कारण चिनियाँ ब्रान्ड बीवाईडी लगायतसंग प्रतिस्पर्धा गर्नु हो । कम लागतको मोडल वाईलाई कम्पनीले ई४१ कोडनेम दिएर काम गरिरहेको भनिएपनि यो कहिले लन्च हुन्छ भन्ने विषय अझै प्रष्ट भैसकेको छैन ।
यसअघि चीनमा उत्पादन गर्ने तयारी थालिएको यस मोडलको विश्वव्यापी उत्पादन अव अमेरिकामा गर्ने योजना टेस्लाले बनाएको छ । मिडिया स्रोतका अनुसार टेस्लाले २०२६ मा अमेरिकामा २ लाख ५० हजार सस्तो मोडल वाई उत्पादन गर्ने लक्ष्य राखेको छ । जसको मूल्य हालको मोडल वाईको तुलनमा २० प्रतिशतसम्म सस्तो पर्ने जनाइएको छ ।
साथै, टेस्लाले आफ्नो मोडल ३ कम्प्याक्ट सेडानको स्ट्रिप–डाउन संस्करण पनि लन्च गर्ने योजना बनाइरहेको छ । सस्तो मोडेल वाईको उत्पादनमा ढिलाइ र उत्पादन लक्ष्यहरूको बारेमा कम्पनीले कुनै टिप्पणी भने गरेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलोन मस्कको नजिकको सम्वन्ध र अति दक्षिणपन्थी युरोपेली राजनीतिज्ञहरूको समर्थनका कारण पछिल्ला दिनहरुमा टेस्लाको अन्तराष्ट्र्रिय बजार घटिरहेको छ । टेस्लाको लागि अर्को चुनौती भनेको यसका सवारी साधनहरू पुरानो भइरहेका छन् र कुनै अपेक्षाकृत सस्तो मोडल छैन ।
टेस्लाले हालै ट्यारिफका कारण चीनबाट संयुक्त राज्य अमेरिकामा आफ्नो साइबरक्याब र सेमी ट्रकको लागि कम्पोनेन्टहरूको ढुवानी पनि स्थगित गरेको छ ।
चालकविहीन कारको अवधारणा अब केवल चलचित्र वा भविष्यको कल्पनामा मात्र सीमित...
युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...
एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...