टेल्जीको स्पोर्टी स्कुटर ‘एस २’ नेपाली बजारमा, मूल्य २ लाख ६८ हजार

काठमाडौं- नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले पावरफुल साथै स्पोर्टी डिजाइन भएको ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो ।

टेल्जी नेपालले नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच एस २ स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्पोर्टी स्कुटर एस २ को मूल्य २ लाख ६८ हजार रुपैयाँ तोकिएको छ ।

टेल्जी नेपालको निर्देशक संजिव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल ल्याएको बताए ।

उनले भने, ‘हामीले यसअघि ल्याएको लायन र टाइगर स्कुटर ग्राहक वर्गले अत्याधिक रुचाउनु भएको छ । हामीले युवा वर्गलाई लक्षित गर्दै अझ स्पोर्टी डिजाइनको स्कुटर ल्याएका हौं ।’ नेपाली बजारमा उपलब्ध धेरै स्कुटरमा सस्पेन्सन राम्रो नभएको ग्राहकको गुनासो रहेको कम्पनीका निर्देशक राजेश राजकर्निकारले बताए ।

‘हामीले यो स्कुटरको सस्पेन्सनलाई मोटरसाइकलको जस्तै कम्र्फटेबल बनाउने कोशिस गरेको छौं । यो स्कुटरको लुक्स र पर्फमेन्स पनि मोटरसाइकल जस्तै छ,’ उनले भने ।

कम्पनीले ल्याएको नयाँ स्कुटर एस २ को फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।

यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।

यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । त्यस्तै, यसमा फुल डिजिटल कन्सोल, स्मार्ट की, अन्डर सिट स्टोरेज जस्ता फिचर पाउन सकिन्छ ।

टेल्जी नेपालले अबको केही दिनमै नयाँ टाएगर स्कुटर ल्याउने घोषणा समेत गरको छ । योम मा ई मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले नेपालका मुख्य १० सहरहरूमा आफ्नो बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...