मारुती इको भ्यानमा अव ६ वटा एयर व्याग र ६ सिट लेआउट

मारुति सुजुकीले आफ्नो लोकपिय मोडल इको भ्यानको २०२५ संस्करण लन्च गरेको छ । नयाँ संस्करणमा सुरक्षा फिचर सहित सिट लेआउट अपडेट गरिएको छ ।

नयाँ इकोमा ६ वटा एयरब्याग, सबै सिटहरूको लागि ३–पोइन्ट सिट बेल्ट, सिटबेल्ट प्रि–टेन्सनर तथा फोर्स लिमिटर, सिटबेल्ट रिमाइन्डर, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिव्युसनका साथ एबीएस र ईएससी लगायत फिचर राखिएको छ ।

यसअघि ७ सिट लेआउटमा उपलब्ध इको भ्यानलाई नयाँ ६–सिट भेरियन्टले प्रतिस्थापन गरेको हो । यसमा दोस्रो पङ्क्तिमा क्याप्टेन सिट राखिएको छ । साथै यो ५–सिट कन्फिगरेसनमा पनि उपलब्ध छ ।

१.२–लिटर पेट्रोल इन्जिन जडान गरिएको यस गाडीको पावर ७९ बिएचपी रहेको छ । ५–स्पीड म्यानुअल गियरबक्स दिइएको यस मिनी भ्यानलाई मारुतीले फ्याक्ट्री–फिटेड सीएनजी भर्सनमा समेत उपलब्ध गराएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...