७० लाख हाराहारी मूल्यमा ईभी खोज्नेका लागि उत्कृष्ट तीन विकल्प

नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका सवारी साधन मध्ये अलि बढी मूल्य अर्थात ७० लाख रुपैयाँ हाराहारी मूल्य खोज्नेहरुका लागि पनि विभिन्न विकल्प उपलब्ध छन् । खासगरी ईभीको प्रयोग बढिरहेको समयमा पहिले इन्ट्री लेभलका सवारी साधन चढिसकेकाहरुको रोजाइमा यस्ता सवारी साधन पर्न सक्छन् ।

ईभीकै कुरा गर्दा नेपाली बजारमा हाल दिपल एस०७, एवोन भी लक्जरी र बीवाईडी एट्टो ३ सुपेरियर मध्ये कुनै एक रोज्न सकिन्छ । मूल्य र फिचरका आधारमा हेर्दा पनि यी तीन मोडलमा केही मात्र फरक छ भने नेपाली बजारमा हाल यी मोडल लोकप्रिय समेत छन् ।

दिपल एस०७ को मूल्य ७४ लाख ९९ हजार, एवोन भी लक्जरीको मूल्य ६९ लाख ९९ हजार र बीवाईडी एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ । यसका आधारमा यो मूल्यमा सवारी साधन खरिद गर्नेहरुले यी ईभी रोज्न सक्छन् ।

दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री, एवोन भी लक्जरीमा ७५.२६ किलोवाट आवरको ब्याट्री र बीवाईडी एट्टो ३ मा ६०.७८ किलोवाट आवरको ब्याट्री रहेको छ । यी तीन गाडीले क्रमशः ४८५, ६५० र ४२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

ईभीका लागि आवश्यक अर्को महत्वपूर्ण फिचर ग्राउन्ड क्लियरेन्स हो । यी तीनै मोडलमा लगभग समान ग्राउन्ड क्लियरेन्स छ । दिपल एस०७ र बीवाईडी एट्टो ३ सुपेरियरमा १७५ एमएम र एवोन भी लक्जरीमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ । मोटर पावर पनि तीनै मोडलमा समान अर्थात ९९ र १०० किलोवाट छ ।

यी वाहेक तीन मोडलका सेफ्टी र अन्य फिचर भने केही फरक छन् । दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतमार्फत नै कमान्ड लिन सक्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना प्रदान गर्दै ड्राइभिङलाई सहज र सुरक्षित बनाउँछ ।

साथै, क्याबीनको बीचमा १५.६ इन्चको ‘सन फ्लावर टचस्क्रिन’ रहेको छ, जुन टचस्क्रिनलाई इन्टरयाक्ट गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । कारको अगाडी र पछाडी दुबै भागमा सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक बनाउनुका साथै पर्फमेन्समा सुधार ल्याउन समेत मद्धत गर्छ । दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।

एवोन भी लक्जरीमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड छ । एवोन-भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रीम, क्लोज अफ ग्रिल दिइएको छ । कम्पनीले यसमा ११ वटा क्यामेरा, १२ वटा अल्ट्रासोनिक रेडार दिएको छ । उक्त रेडारले एडिगो पाइलट इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट सिस्टम सपोर्ट गर्छ ।

बीवाईडी एट्टो ३ मा आधुनिक र आरामदायी इन्टेरियर दिइएको छ । यसमा स्मार्ट टच स्क्रिन इन्फोटेनमेन्ट, स्मार्ट रिभर्स पार्किङ असिस्ट र उन्नत ड्राइभिङ असिस्ट सिस्टम जस्ता फिचर र ७ एयरब्याग, अडेप्टिभ क्रूज कन्ट्रोल, लेन-किप असिस्ट, अटो इमर्जेन्सी ब्रेकिङ, एडास, एबीएस, ईबीडी, हिल-होल्ड असिस्ट, ३६०-डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र २९ उन्नत सेन्सर जस्ता सेफ्टी फिचर प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...

नेटा भीको मूल्यलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध, के उपभोक्ता सचेत भएकै हुन् त ?

नेटा भीको मूल्यलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध, के उपभोक्ता सचेत भएकै हुन् त ?

केहि दिन अघिमात्र नेपाल भित्रिएको चाइनिज इलेक्ट्रिक कार नेटा भीको...

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले ट्याङ्क ३०० विशेष संस्करण लन्च गरेको छ । ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...