राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ । चिनियाँ इलेक्ट्रिक टु ह्विलर ब्रान्ड साइगको राइडर भी११ स्कुटर साइग नेपाल प्रालिले भित्र्याउन लागेको हो ।

पठाओ र इन्ड्राइभ जस्ता राइड सेयरिङ प्लेटफर्मलाई लक्षित गरी नयाँ स्कुटर ल्याउन लागिएको र यसको मूल्य २ लाख ७० हजार हाराहारी पर्ने कम्पनीको भनाई छ । कम्पनीले सुरुमा काठमाडौं सहित सिन्धुली र विरगंजबाट यसको बिक्री थाल्ने योजना बनाएको छ । लगत्तै चितवन, जनकपुर, धनगढी, बर्दिबास र लालवन्दिमा समेत शोरुम विस्तार गरिनेछ ।

राइडर भी११ मा ७२ भोल्ट ५५ एम्पियर आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको हुनेछ । यसैगरी, यसको मोटर क्षमता ३ हजार ६८१ वाट हुनेछ भने स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि १५० किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ ।

स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । राइडर भी११ लाई ७० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिने बताइएको छ । कम्पनीले यसको ब्याट्रीमा २ वर्षको ग्यारेन्टि र १ वर्षको वारेन्टि तथा मोटर र कन्ट्रोलरमा २ वर्षको वारेन्टि प्रदान गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

ग्राहकले पाउन थाले सी१० एसयूभी

ग्राहकले पाउन थाले सी१० एसयूभी

काठमाडौं– साङ्ग्रिला मोटर्सले सी१० एसयूभी ग्राहकलाई दिन शुरु गरेको छ ।...

छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान

छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईसी३६ ईभी भ्यान

सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको...

इलेक्ट्रिक कारमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत, भारतको ३५ प्रतिशतमा सिमित

इलेक्ट्रिक कारमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत, भारतको ३५ प्रतिशतमा सिमित

काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...