प्रिमियम ईभी एक्सपेङ जी६ अब १४ लाख ९९ हजारमा लिन सकिने, ६.५५ प्रतिशत ब्याजदर

काठमाडौं – अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । ग्राहकहरूले अब १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्सपेङ जी६ घर लैजान सक्ने छ्न्।

६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्सपेङ खरिद गर्न सहज बनाइएको छ।

यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरिजहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज र निःशुल्क बीमा समेत समावेश छ, जसले एक्सपेङ जी६ लाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउँछ।

फाइभ स्टार एनक्याप सुरक्षा रेटिङ प्राप्त एक्सपेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्दा विश्वभर धेरैले मन पराएको गाडी बनेको छ । ग्राहकहरुले सजिलै अब एक्सपेङको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यात्राको सजिलै अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।

यस अफरका साथ एक्सपेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित समाचारहरू

फ्युचर ईभी कार्निभल गर्दै सीजी मोटर्स, विद्युतीय गाडीहरूको प्रदर्शनी हुने

फ्युचर ईभी कार्निभल गर्दै सीजी मोटर्स, विद्युतीय गाडीहरूको प्रदर्शनी हुने

काठमाडौं – विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी...

देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

काठमाडौँ – सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो...

अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

अब इलेक्ट्रिक कार ५ मिनेटमै फुल चार्ज हुने, बीवाईडीले घोषणा ग-याे सुपर ई-१००० प्लेटफर्म

इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा ठुलो परिवर्तन आउन लागेको छ । हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...