७ सिटर इलेक्ट्रिक एसयूभी ल्याउँदै हुन्डाई, परीक्षणको क्रममा देखियो

हुन्डाईले आफ्नो इलेक्ट्रिक सेगमेन्ट पोर्टफोलियो विस्तार गर्ने प्रयास गरिरहेको छ। यद्यपि कम्पनीले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन तर विभिन्न रिपोर्टका अनुसार हाल यसको परीक्षण भइरहेको छ।

हालै परीक्षणको क्रममा देखिएको हुन्डाईको नयाँ इलेक्ट्रिक एसयूभीको अगाडि चार्जिङ पोर्ट रहेको छ। आकार हेर्दा, यो थ्री रोमा सात सिटर विकल्पमा आउन सक्ने अनुमान गरिएको छ।

हाल हुन्डाईले सात सिट क्षमतासहित अल्काजारको आईसीई संस्करण बजारमा उपलब्ध गराइरहेको छ। यस्तो अवस्थामा, कम्पनीले निकट भविष्यमा सो एसयूभीको इलेक्ट्रिक संस्करण प्रस्तुत गर्ने सम्भावना उच्च छ।

हुन्डाईले अल्काजार एसयूभीको इलेक्ट्रिक संस्करणमा दुई ब्याट्री विकल्प प्रदान गर्न सक्छ, जसमा ४२ किलोवाट र ५१.४ किलोवाट क्षमता समावेश हुन सक्छ। साथै, यसको ड्राइभिङ रेन्ज लगभग ५०० किलोमिटरसम्म हुनसक्ने अनुमान गरिएको छ।

कम्पनीले यसबारे कुनै औपचारिक जानकारी नदिए पनि, मिडिया रिपोर्टका अनुसार सो नयाँ इलेक्ट्रिक एसयूभी भारतीय बजारमा यही वर्षको अन्त्यसम्म वा अर्को वर्षसम्म लन्च हुनसक्छ। नेपाली बजारमा पनि त्यसै अनुसार आउन सक्ने अनुमान सम्म गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न...

फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी

फ्युचरिस्टिक लुक र टप क्लास फिचरमा आयो हुन्डाई आयोनिक ५ ईभी

हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी आयोनिक ५ को नयाँ फेसलिफ्ट...

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

हुन्डाईले हालसालै लन्च गरेको क्रेटा फेसलिफ्टमा भारतीय ग्राहकले अत्याधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...